नेपाल एसबीआई बैंकले मनायो ३१ औँ वार्षिकोत्सव
![नेपाल एसबीआई बैंकले मनायो ३१ औँ वार्षिकोत्सव](https://npcdn.ratopati.com/media/news/capture_98Zvbkkspk.png)
काठमाडौँ । नेपाल एसबिआई बैंकले आइतबार आफ्नो ३१ औँ वार्षिकोत्सव मनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले बैंकको उपलब्धिको बारेमा प्रकाश पारे ।
साथै, उनले बैंकको दिगो प्रगति कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्नुपर्नेमा पनि जोड दिए ।
त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डाले बैंकको उपलब्धिमा योगदान पुर्याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिँदै यसरी नै योगदानको निरन्तरताका लागि आग्रह गरे ।
प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्तले सबै सरोकारवाला तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे । साथै, बैंकले सो अवसरमा सबै शाखा तथा कार्यालयहरूबाट आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई मिठाई वितरण गरेको थियो ।
नेपाल एसबीआई बैंकले हालै सञ्चालनमा आएका २ शाखा, पिडारी चोक, जनकपुर र रामपुर पाल्पासहित १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १७ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२१ एटिएम तथा १ कर्पोरेट अफिसबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीको रामटोलमा आगलागी, ५ चौपाया मरे
-
बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै
-
सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
नेसपा (नयाँशक्ति)को उपाध्यक्षमा दुर्गा र मानुषी निर्विरोध
-
सुन्दर र दुब्ली देखिने औषधिले गायिका एभरीको भयो यस्तो हविगत