विदेश भ्रमणमा निस्किए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस र अस्ट्रियाको तीन दिने भ्रमणमा निस्किएका छन् । सोमबार दिल्लीबाट उनी रुसका लागि उडेका छन् । ‘आगामी तीन दिनसम्म रुस र अस्ट्रियामा रहनेछु । यो भ्रमण भारतको सागमा पुरानो मित्रता भएका यी देशसँग सम्बन्ध अरू गहिरो बनाउन राम्रो मौका साबित हुनेछ । यी देशमा रहेका भारतीय समुदायसँग पनि भेट्नेछु,’ मोदीले उनले सामाजिक सञ्जालमा एक पोस्टमा लेखेका छन् । मोदीले २२ औँ भारत–रुस वार्षिक सम्मेलनमा भाग लिनेछन् । यस कार्यक्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने बताइएको छ ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री मोदीले जुलाई ९ र १० मा अस्ट्रियाको भ्रमण गर्नेछन् । मोदीको अस्ट्रिया भ्रमण पनि ऐतिहासिक छ । ४१ वर्षयताको भारतीय प्रधानमन्त्रीको यो पहिलो अस्ट्रिया भ्रमण हुनेछ ।
तेस्रो पटक सत्ता सम्हालेपछि मोदीको यो पहिलो रुस भ्रमण हो । यो उनको पहिलो द्विपक्षीय विदेश भ्रमण पनि हो । मोदीको रुस भ्रमण धेरै हिसाबले महत्त्वपूर्ण छ । एकातिर रुसको चीनसँग बढ्दो निकटता छ ।
अर्कोतिर रुस विरोधी मानिने सैन्य समूह नाटोको बैठकमा सहभागी हुनु अघि मोदी रुस गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
-
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने
-
जाजरकोट भूकम्पको क्षति आकलन गर्न सम्झौता
-
बिस्का जात्रा : रथले किचेर एक जनाको मृत्यु