बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले पाए विश्वासको मत

सोमबार, २४ असार २०८१, १४ : ०९
सोमबार, २४ असार २०८१

नयाँ दिल्ली । भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरानले विधानसभाबाट विश्वासको मत पाएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार उनले  ४५ जना विधायकको समर्थन पाएका छन् ।

 फ्लोट टेस्टका क्रममा विपक्षीले सदनबाट वाकआउट गरेका थिए । सोरेनलाई यही वर्षको जनवरी ३१ मा जग्गा घोटालासँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मामिलामा पक्राउ गरिएको थियो । उनी जुन २८ मा जमानतमा रिहा भएका थिए ।

 सरकार गठनको दाबी गरेपछि सोरेनले जुलाई ५ मा तेस्रो पटक झारखण्डको मुख्यमन्त्रीको रूपमा शपथ लिएका थिए । । आफूलाई मनगढन्ते कहानी बनाएर पाँच महिना जेलमा राखिएको जेलबाट बाहिर आउने बित्तिकै सोरेनले भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप