संक्रमणकालीन न्याय पीडितमैत्री बन्नुपर्छः अध्यक्ष मगर

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संक्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्ने बताएका छन् ।
सोमवार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले संक्रमणकालीन न्याय टुंग्याउँदा पीडितमैत्री हुनुपर्ने, बालसैन्य, यानजन्य हिंसाहरुलाई सँगै टुंग्याउने गरी नीति बनाउनुपर्ने बताए ।
मगरले पीडकले सजाय पाउने र पीडितले न्याय पाउने गरी संक्रमणकालीन न्याय टुंग्याउन जरुरी रहेको बताए । उनले संक्रमणकालीन न्याय टुंगोमा पु¥याउन सबै पक्ष क्रियाशील भइ काम गर्न जरुरी रहेको बताए ।
उनले भने, ‘संक्रमणकालीन न्यायको टुंगो लगाउँदा पीडितमैत्री हुनुपर्छ, बालसैन्यको कुरा छ । यौनजन्य हिंसाहरुको कुराहरुमा भयो । आदिआदि कुरामा पीडकले सजाय पाउनुपर्छ, पीडितले राहत, क्षतिपूर्ति, परिपूरण पाउनुपर्छ । न्याय पाउने अवस्था सिर्जना हुनुपर्छ ।’
सो अवसरमा आयोगले सङ्क्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म गरेका प्रयास र सार्वजनिक गरेका धारणाहरु समेटेको राष्ट्रिय मानव अधिकार आयोग र सङ्क्रमणकालीन न्याय सम्बन्धी प्रतिवेदन सार्वजनिक समेत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ता चाहेको हो भने ट्यारिफ रद्द गर: चीन
-
गाजामा इजरायली आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु
-
पाकिस्तानी हिन्दुहरूको भिसाबारे भारतको विदेश मन्त्रालयले दियो यस्तो स्पष्टीकरण
-
‘गर या मर’ को स्थितिमा चेन्नई र हैदराबाद, हार्ने टोली उपाधि होडबाट बाहिरिने
-
संविधान संशोधनका लागि जनताको राय सर्वोपरि हुन्छ : सांसद मिश्र
-
भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउन आवश्यक छ : राष्ट्रपति पौडेल