शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
गोलार्द्ध

मोदीको रुस भ्रमणको अर्थ

सोमबार, २४ असार २०८१, १३ : ४०
सोमबार, २४ असार २०८१

नयाँ दिल्ली । शुक्रबार हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले रुसको राजधानी मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका थिए । उनको भेटप्रति युरोपेली नेताहरूबाट तिखो प्रतिक्रिया दिएका थिए । 

यतिबेला युरोपेली देशहरू युक्रेनलाई सैन्य र अन्य सहयोग प्रदान गर्न गम्भीर रूपमा लागि परेका छन् । यस्तोमा कुनै पनि युरोपेली नेताको रुस भ्रमणलाई विश्वासघातका रूपमा हेरिएको छ । 

2024-07-05T114704Z_1253214486_RC2ZO8A7BF75_RTRMADP_3_UKRAINE-CRISIS-HUNGARY-RUSSIA-1-1720181857

हंगेरीलाई प्रायः युरोपमा छुट्टै देशको रूपमा हेरिन्छ । धेरै मानिस ओर्बानलाई तानाशाह मान्छन् । यस्तोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि रुस भ्रमणमा जाँदैछन् । मोदीको भ्रमणप्रति पश्चिमा राष्ट्रहरूले कस्तो प्रतिक्रिया देलान् ?

  • पश्चिमी देशहरू के भनिरहेका छन् ?

अहिलेसम्म पश्चिमी देशका नेताहरूले मोदीको यस यात्राबारे खुलेर कुनै पनि टीकाटिप्पणी गरेका छैनन् । बिहीबार भारतका लागि अमेरिकी राजदूत एरिक गार्सेट्टीले चाहिँ आफ्नो देश रुसलाई जबाफदेही बनाउन भारतसँग मिलेर काम गर्न निरन्तर सम्पर्कमा रहेको बताएका थिए । 

तर पक्कै पनि मोदी र पुटिनलाई सँगै देख्दा युरोप र अमेरिका दुवै खुसी हुनेछैनन् । युक्रेनमा भएको आक्रमणपछि युरोपमा उत्पन्न उथलपुथलका लागि दुवैले पुटिनलाई जिम्मेदार मान्छन् । रुसी राष्ट्रपति पुटिनको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २२औँ भारत–रुस वार्षिक शिखर सम्मेलनमा सहभागी हुन रुस भ्रमणमा जान लागेको औपचारिक रूपमा बताइएको छ । पछिल्लो तीन वर्षमा दुई देशबिच कुनै द्विपक्षीय भेट भएको छैन ।

putin modi (1)

दुई नेताहरूबिचको एजेन्डाबारे कुरा गर्दै बुधबार रुसले पुटिन र मोदीले परम्परागत रूपमा मित्रवत् रुस–भारतीय सम्बन्धमा थप विकासको सम्भावनाका साथ–साथै अन्तर्राष्ट्रिय र क्षेत्रीय एजेन्डाका सान्दर्भिक मुद्दाहरूमा छलफल गर्ने बताएको थियो । 

मोदीको रुस भ्रमणलाई लिएर धेरै पश्चिमी देशहरू असन्तुष्ट छन् । यो भेटको अर्थ अरू के हुन सक्ला भनेर उनीहरूको मनमा आशङ्का उठेको छ । ‘मोदीको रुस भ्रमणको भूराजनीतिक आयाम छ ।’ लन्डनको किंग्स कलेजका दक्षिण एसियाली अध्ययनका प्रख्यात विद्वान प्रोफेसर क्रिस्टोफ जाफ्रेलोटले भनेका छन् । ‘भारत रुससँग आफ्नो सम्बन्ध विकास गर्न निकै इच्छुक छ । सैन्य उपकरणको मामिलामा रुसमाथि निर्भरता त छँदैछ भारतले बहुध्रुवीय विश्वको प्रवर्द्धन गर्न चाहिरहेको छ ।’ उनले भनेका छन् । भारत सबै साझेदारहरूसँग आफ्नो हित प्रवर्द्धन गर्ने स्थितिमा रहेको पनि उनले बताएका छन् ।

  • मोदीको रुस भ्रमण

यो भ्रमण रुसको चीनसँग बढ्दो निकटतासँग पनि सम्बन्धित रहेको जाफ्रेलोट मान्छन् । ‘भारत र रुसबिच विशेष सम्बन्ध बनाएर रुस र चीनबिचको सम्बन्धलाई कम गर्न सकिन्छ,’ उनी भन्छन् । मोदी सन् २०१९ मा रुसी सहर भ्लादिभोस्तोकमा आर्थिक सम्मेलनमा सहभागी हुन गएका थिए । पुटिन र मोदीको अन्तिम भेट सन् २०२२ मा उज्बेकिस्तानमा भएको एससीओ शिखर सम्मेलनमा भएको थियो । पुटिन पछिल्लो पटक २०२१ मा दिल्ली गएका थिए ।

putin modi (4)

अमेरिका र उसका युरोपेली सहयोगीहरूले रुसलाई विश्वव्यापी रूपमा एक्लो पार्ने प्रयास तीव्र बनाउँदै कडाभन्दा कडा प्रतिबन्धहरू लगाइरहेकै समयमा मोदीको रुस भ्रमण हुन लागेको छ । भारतका अनुसार उसको विदेश नीति ‘रणनीतिक स्वायत्तता’ र ‘राष्ट्रिय हित’मा आधारित छ । तर पश्चिमी देशहरूमा व्याप्त रुसविरोधी भावनालाई हेर्दा यो भ्रमणले भारतको रणनीतिक साझेदार अमेरिकालाई रुष्ट पार्ने हो कि भन्ने प्रश्न पनि उठेका छन् ।

  • मोदीको भ्रमणबाट रिसाउला अमेरिका ?

भारतसँग रुसको ऐतिहासिक सम्बन्ध रहेको अमेरिकाको बाल्टीमोरस्थित जोन्स हप्किन्स युनिभर्सिटीमा एप्लाइड इकोनोमिक्सका प्राध्यापक स्टिभ एच हान्के मान्छन् । प्रधानमन्त्री मोदी र भारतका विदेशमन्त्री एस जयशंकर दुवैको भनाइलाई हेर्दा भारत सबै देशसँग राम्रो सम्बन्ध चाहन्छ भन्ने स्पष्ट भएको उनी बताउँछन् । खास गरी रुस यस्तो देश हो जोसँग भारतले सोभियत युगदेखि राम्रो सम्बन्ध राखिरहेको छ ।

  • भारत–रुसको पुरानो मित्रता

सन् १९६० को दशकदेखि सन् १९८० को दशकसम्म भारतमा हुर्केका कोही पनि व्यक्तिलाई सोभियत प्रभावबाट बच्न लगभग असम्भव जस्तो थियो । भारतमा रुसले कयौँ ठुला स्टिल कारखानाहरू खोलेको थियो । यहाँसम्म कि भारतीय अन्तरिक्ष कार्यक्रममा पनि रुसले सहयोग गरेको थियो । 

कठिन परिस्थितिमा पनि सोभियत रुस भारतको साथमा थियो । सोभियत रुसले सन् १९६५ मा भारत र पाकिस्तानबिच ऐतिहासिक तास्कन्द सम्झौतामा हस्ताक्षर गरेको थियो । सन् २००० मा पुटिन पहिलो पटक राष्ट्रपति निर्वाचित हुँदा दुवै देशले रणनीतिक साझेदारीको घोषणापत्र अन्तरगत रक्षा, अन्तरिक्ष र आर्थिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।

putin modi (2)

एस–४०० मिसाइल रक्षा प्रणाली सम्झौता र ऊर्जा सहयोग आधुनिक समयमा जारी प्रयासहरूको उदाहरण हुन् । यी जटिलताहरूलाई सुल्झाएर भारत र रुसले आफ्नो सम्बन्धलाई अझ गहिरो बनाउन सक्छन् । जसले बदलिँदो विश्वव्यापी परिस्थितिमा पनि दुई देशबिचको सम्बन्ध  बलियो रहन्छ भन्ने सुनिश्चित गर्न सक्छ । दक्षिणपन्थी विचारक डा. सुव्रोकमल दत्तले भारत र रुस सम्बन्ध अहिले उत्कर्षमा पुगेको बताउँछन् । उनी भन्छन्, ‘भारतीय प्रधानमन्त्रीको भ्रमणले नयाँ, बदलिँदो भूराजनीतिक विश्व व्यवस्थाको सुरुवात गर्नेछ । जसका कारण धेरै नयाँ संयोजनहरू पलाउनेछन् ।’

  • भारतको तटस्थता: पश्चिमका लागि निराशाजनक छ ?

बलियो लोकतन्त्र भएको देश भारतले युक्रेन विरुद्ध रुसको आक्रमणको निन्दा नगरेकोमा पश्चिमी देशका जनताले धेरै पटक दुःख व्यक्त गरेका छन् । यद्यपि, केहीले भने भारतको तटस्थता रुसको पक्षमा रहेको मान्छन् । रुसको कुरा आउँदा पश्चिमी मिडियाले आफ्नो तटस्थता गुमाउने गरेको सोच्ने भारतीयहरू पनि छन् । डा. दत्त भन्छन्, ‘युक्रेन विरुद्धको युद्धमा भारतले रुसको निन्दा गर्नुपर्छ भन्ने पश्चिमा राष्ट्रहरूको अपेक्षा कुनै पनि हालतमा पूरा हुनेवाला छैन । 

putin modi (3)

भारतका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा आफ्नै सर्वोच्च राष्ट्रिय हित हो ।’ तैपनि, पश्चिमी देशहरू भारत–रुस सम्बन्धको सुदृढीकरण र युक्रेनमा रुसको आक्रमणको निन्दा गर्न भारतको अनिच्छाप्रति चिन्तित छन् । संयुक्त राज्य अमेरिका र युरोपेली संघ (ईयू)का सदस्यहरूले भारतको अडानलाई रुसलाई कूटनीतिक र आर्थिक रूपमा एक्लो पार्ने प्रयासलाई जटिल बनाउने वाला ठान्छन् ।

  • किन चिन्तित छन् पश्चिमा देशहरू ?

व्यापार र रक्षा क्षेत्रमा सहयोगसहित रुससँग भारतको निरन्तर संलग्नताले युक्रेनमा रुसी आक्रामकता रोक्ने उद्देश्यले चलाइएको अन्तर्राष्ट्रिय दबाब अभियानलाई कमजोर बनाउने अमेरिका र युरोपेली देशहरूको चिन्ता छ । 

रुसबाट ठुलो परिमाणमा ऊर्जा आयात गर्ने भारतले अमेरिकी नेतृत्वको प्रतिबन्धको सम्मान गरोस् भन्ने उनीहरू चाहन्छन् । यो एउटा जटिल मुद्दा हो भन्ने भारतलाई थाहा छ । भारत वार्ता र कूटनीतिको वकालत गरेर आफ्नो रणनीतिक चासो र ऊर्जा सुरक्षा आवश्यकताहरूलाई सन्तुलनमा राख्न चाहन्छ ।

यस वर्षको सुरुमा सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयर (सीआरईए)ले रूसबाट भारतको कच्चा तेल आयातमा आफ्नो विश्लेषण जारी गरेको थियो । विश्लेषणका अनुसार सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेदेखि भारतको रुसी कच्चा तेल आयात १३ गुणा बढेको थियो । यही कारणले सन् २०२३–२४ मा भारत र रुसबिचको द्विपक्षीय व्यापार ६४ अर्ब डलर उक्लिएको  थियो । यसमा भारतको निर्यात चार अर्ब डलर मात्रै छ । 

युक्रेनमाथि रुसले आक्रमण गर्नु अघिको तुलनामा रुस झनै समृद्ध बनेको पश्चिमी सञ्चार माध्यमहरू भन्छन् । यसका लागि धेरै हदसम्म भारत र चीन जिम्मेवार रहेको उनीहरूको ठम्याई छ । यी दुवै देश रुसी कच्चा तेलका ठुला खरिदकर्ता हुन् ।

  • रुसमाथि लगाइएको प्रतिबन्धले काम गरिरहेको छ ?

त्यसो भए, रुसलाई युक्रेन विरुद्धको युद्धमा आर्थिक सहयोग गर्नबाट रोक्न लगाइएको पश्चिमी प्रतिबन्धले काम गरिरहेको छैन त ? भारतीय परराष्ट्रमन्त्री एस. जयशंकरले दुई वर्षअघि वासिङ्टनमा पत्रकारहरूलाई कडा जवाफ दिएका थिए, जब उनले प्रतिबन्धका बाबजुद पश्चिमले भारतको तुलनामा रुसबाट बढी कच्चा तेल आयात गरिरहेको कुरा औँल्याएका थिए । 

त्यति बेला उनले भनेका थिए, ‘यदि तपाई रुसबाट इन्धन खरिदको कुरा गर्दै हुनुहुन्छ भने, मेरो सुझाव तपाई आफ्नो ध्यान युरोपमा केन्द्रित गर्नुस् भन्ने हो । हामी थोरै मात्रै ऊर्जा किनिरहेका छौँ जुन हाम्रो ऊर्जा सुरक्षाका लागि जरुरी छ । भारतले रुससँग जति तेल महिनौँसम्म किनिरहेको छ युरोपले त्यति एक रातमै किनिरहेको छ,’ उनले भनेका थिए ।

रुसमाथिको प्रतिबन्धले काम नगरेको मान्नेको सङ्ख्या बढ्दो छ । प्राध्यापक हान्के यही समूहमा पर्छन् । ‘म प्रतिबन्ध र स्वतन्त्र व्यापारमा हस्तक्षेपको विरोधी हुँ – सैद्धान्तिक रूपमा र व्यवहारिक रूपमा पनि ।’ उनले भनेका छन् । प्रतिबन्धहरूले कहिलेकाहीँ अपेक्षा गरेअनुसार काम नगर्ने उनी बताउँछन् । ‘तेल प्रतिबन्धमा भारतको दृष्टिकोण मेरो दृष्टिकोण हो,’ उनी भन्छन् ।

तर प्राध्यापक जाफ्रेलोट हान्केको भनाइको विरोध गर्छन् । उनी भन्छन्, ‘म यसमा असहमत छु । पश्चिमका धेरै मानिसहरूले अरू नै कुरा भन्छन् ।’ प्रतिबन्ध पूर्ण रूपमा काम नगर्ने भएकोले यिनीहरू प्रभावकारी हुँदैनन् भन्ने उनको भनाई छ । त्यस्ता अभ्यासहरूले विवाद निम्त्याउँछ कि त्यो चाहिँ हेर्न बाँकी रहेको उनी बताउँछन् ।

  • ट्रम्प राष्ट्रपति बने के होला ?

तर अमेरिकामा डोनाल्ड ट्रम्प सत्तामा फर्किए भने भारतको हालत के होला ? फ्रान्सेली विद्वानहरूले यो सम्भावनाबारे भारतलाई चेतावनी दिएका छन् । हिमालयमा क्षेत्रीय अखण्डताका लागि भारतको पक्षमा नहुने खालका कार्य भने चीनले गर्न सक्छ । तर, पुटिनको शासनकालमा रुसले पनि अन्तर्राष्ट्रिय स्तरमा खास गरी पश्चिमी देशहरूबाट एक्लोपनको सामना गर्नु परिरहेको छ ।

सन् २०१४ मा युक्रेनमाथि आक्रमण र क्रिमिया कब्जा गरेपछि पश्चिमी देशहरूले रुसविरुद्ध कडाइ सुरु गरे । यी कारबाहीबिच रुसले अमेरिका, युरोपेली संघ र अन्य सहयोगी राष्ट्रहरूबाट व्यापक प्रतिबन्ध र कूटनीतिक प्रतिरोधको सामना गर्नुपर्‍यो । तर चीन, भारत, मध्यपूर्व र अफ्रिकाका धेरै देशहरूसँग रुसले बलियो सम्बन्ध बनाएको छ । 

यसले पश्चिमीहरूले रुसलाई अलग्याउन चालेको कदमको प्रभावलाई कम गर्न मद्दत गरेको छ । रुसको राजधानीमा मोदी र अन्य नेताको आगमन रुस वा पुटिनलाई एक्लो पार्ने सङ्केत नभएको प्राध्यापक स्टिभ हान्केको ठहर छ । उनी भन्छन्, मोदी र पुटिन आमनेसामने भेट्नु राम्रो विचार भएको र वास्तविक कूटनीति यसरी नै चल्ने उनी बताउँछन् ।

पुटिन धेरैजसो निरङ्कुश शासनको नजिक रहेको विश्वास प्रा. क्रिस्टोफ जाफ्रेलोटको छ । रुसले अफ्रिकी तानाशाह, इरान, चीन आदिसँग विकास गरेको घनिष्ठ सम्बन्धबाट यो कुरा प्रस्ट हुने उनी बताउँछन् । हंगेरी रुसको नजिक रहेको एक मात्र ईयू देश हो । हंगेरी आज युरोपेली संघ (ईयू)को सबैभन्दा उदार देश हो । 

तर भारतका सम्बन्धमा उनी भन्छन्, ‘लोकतन्त्रको अभावको सन्दर्भमा एउटै खाले समानता भएका कारण भारतले रुससँग राम्रो सम्बन्ध कायम राख्न सक्छ ।’ भारतले पश्चिम देश र तिनीहरूको प्रभुत्वको विरुद्ध ग्लोबल साउथको नेताको रूपमा पनि  देखिन खोजिरहेको छ । रुसविरुद्धको अमेरिकी प्रतिबन्धले पुटिनलाई एक्लो पार्न असफल भएको विश्वास धेरैले गर्छन् । भारत, हंगेरी र चीनका नेतालाई रुससँग समस्या छैन ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप