आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

कानुन व्यवसायीले ड्युटीको प्रहरीलाई हातपात गरेको आरोप

सोमबार, २४ असार २०८१, १३ : २५
सोमबार, २४ असार २०८१

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको गेटमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई एक जना कानुन व्यवसायीले हातपात गरेको आरोप छ । अधिवक्ता नानी थापा भन्ने लक्ष्मी थापाले प्रहरी जवान जीवन छिनाललाई हातपात गरेकी हुन् ।

पार्किङ तर्फको गेटमा सेवाग्राहीलाई सँगै लिएर निस्कन खोज्दा छिनालले उनलाई रोकेका थिए । आफूलाई रोकेपछि अधिवक्ता थापाले थप्पड हानेको सीसीटिभी फुटेजमा देखिन्छ । पार्किङको गेटबाट कानुन व्यवसायीले मात्र आवतजावत गर्न पाउँछन्, सेवाग्राहीलाई साथमा लान पाइँदैन ।

आइतबार गेटमा विवाद भएपछि दुवैजना श्रेस्तेदार रामु शर्माकहाँ उपस्थित भएका थिए । शर्माले कानुनी उपचारमा जान भनेपछि दुवैले प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिएका छन् ।

यता, प्रहरी कर्मचारीले आफूलाई पनि आक्रमण गरेको अधिवक्ता थापाले दिएको निवेदनमा उल्लेख छ । सीसीटिभी फुटेज हेर्दा अधिवक्ता थापाले आक्रमण गरेपछि प्रहरी कर्मचारीले प्रतिकार गरेको जस्तो देखिएको जिल्ला अदालतका एक जना अधिकृतले रातोपाटीलाई बताए । 

अधिवक्ता थापा सिन्धुपाल्चेक स्थित सुनकोशी गाउँपालिका–६ की स्थानीय हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप