१ अर्ब २९ करोड लागतमा तयार भयो काठमाडौँ प्रहरीको आफ्नै भवन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले भद्रकालीस्थित आफ्नै भवनबाट शान्ति, सुरक्षा र अपराध अनुसन्धानको काम गर्न थालेको छ । काठमाडौँ प्रहरीले टेकुस्थित आयल निगमको भवनबाट आइतबार भद्रकालीमा सरेको हो ।
निर्माण कम्पनीसँग सम्झौता भएको करिब ४ वर्ष ४ महिनामा भवन निर्माण सम्पन्न भएको छ । १ अर्ब २९ करोड लागतमा अत्याधुनिक भवन बनेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले रातोपाटीलाई बताए । बेसमेन्टसहित १० तलाको भवन १५ रोपनीमा फैलिएको छ ।
दुई वटा ब्लकमा ब्यारेक, प्रशासन, क्यान्टिन, हिरासत कक्ष छन् । भवनको क्षेत्रफल १ लाख ८२ हजार स्क्वायर फिट रहेको एसएसपी रजौरेले बताए । प्रहरी प्रधान कार्यालयले २०७६ फागुनमा ३० मा निर्माण सम्झौता गरेको थियो । लुम्बिनी–खानी–समानान्तर जेभीले पहिलो चरणको निर्माण र बुद्ध–पशुपति–शिवजी जेभीले दोस्रो चरणमा भवन पुरा गरेका हुन् ।
मन्त्रिपरिषद्ले खाद्य संस्थानको जग्गा खरिद गरेर प्रहरीको भवन बनाउने निर्णय गरेपछि निर्माण प्रक्रिया अघि बढेको थियो । भवन तयार भएसँगै लामो समयदेखि टेन्टमा बसेर सुरक्षा खटिनुपर्ने काठमाडौँ प्रहरीको बाध्यता अन्त्य भएको छ ।
नयाँ भवनमा सेवाग्राहीलाई सास्ती नहुने गरी व्यवस्थापन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनले भने– ‘सुरुमा नागरिक सहायता कक्ष राखेर हामीले सेवाग्राहीलाई सहजीकरण गरेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३६ दिनमा सकियाे दयाहाङ र विजयकाे 'वरिष्ठ बलराम'
-
पोखरा म्याराथनबाट १२ लाख भन्दा बढी बचत
-
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
-
आँबुखैरेनीमा पढ्ने सबै विद्यार्थीलाई निःशुल्क स्वास्थ्य सेवा, वार्षिक र भर्ना शुल्क पनि निःशुल्क
-
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
भर्जिनियामा सामूहिक गोलीबारी, तीन जनाको मृत्यु