आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

अभिषेकले शतक बनाउँदा के–के रेकर्ड बने ?

सोमबार, २४ असार २०८१, १२ : ३८
सोमबार, २४ असार २०८१

हरारे । दोस्रो टी–२० खेलमा जिम्बाब्वेलाई १ सय रनको विशाल अन्तरले हराउँदै भारतले पहिलो खेलमा बेहोरेको पराजयको बदला लिएको छ । आइतबार भएको खेलमा भारतले प्रस्तुत गरेको २ सय ३५ रनको लक्ष्य पछ्याउँदा जिम्बाब्वे मात्र १ सय ३४ रनमा सीमित बन्यो ।

खेलमा भारतका युवा ब्याटर अभिषेक शर्मा नायक बने । धुवाँदार ब्याटिङ गरेका उनले भारतका लागि कीर्तिमानी शतक बनाए । 

मात्र ४७ बलमाको सामना गर्दै उनले १ सय रन जोडे । वेलिङटन मसाकाड्जाको बलमा आउट हुनअघि उनले ७ चौका र ८ छक्का प्रहार गरे । उनी खेलमा प्लेयर अफ द म्याचसमेत चुनिए । 

खेलमा थुप्रै रेकर्डहरू पनि बनेका छन् । ती रेकर्डहरूबारे यहाँ चर्चा गरिएको छ ।

abhisekh sharma3

  • १ – अभिषेक शर्मा पुरुष अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार तीन छक्का हिर्काउँदै शतक पूरा गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् । यसअघि शुभमन गिलले सन् २०२३ मा न्युजिल्यान्डविरुद्ध लगातार दुई छक्का हिर्काउँदै २ सय रनको स्कोरमा पुगेका थिए ।
  • ४६ – अभिषेकलाई शतक बनाउन लागेको बलको सङ्ख्या । यो भारतका लागि टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा तेस्रो चाँडो शतकको रेकर्डको बराबरी हो । उनीभन्दा अघि रोहित शर्माले सन् २०१७ मा ३५ बलमा र सूर्यकुमार यादवले सन् २०२३ मा ४५ बलमा शतक बनाएका छन् । दुवै खेलाडीले श्रीलंकाविरुद्ध यो उपलब्धि हासिल गरेका हुन् । केएल राहुले सन् २०१६ मा वेस्ट इन्डिजविरुद्ध ४६ बलमै शतक हिर्काएका थिए ।
  • २ – अभिषेकलाई टी–२० अन्तर्राष्ट्रियमा पहिलो शतक बनाउन लागेको इनिङ्सको सङ्ख्या । कुनै पनि आईसीसीका पूर्णकालीन सदस्य राष्ट्रका खेलाडीले यति चाँडो शतक बनाएका छैनन् । एभिन लेविसले भने अभिषेक जस्तै पहिलो खेलमा शून्यमा आउट भएर दोस्रो खेलमा शतक हिर्काएका थिए । रिचार्ड लेभीले पनि दोस्रो इनिङ्समा शतक बनाएका थिए ।
  • ६५ – जिम्बाब्वेका स्पिनरविरुद्ध अभिषेकले प्रहार गरेको रनको सङ्ख्या । टी–२० अन्तर्राष्ट्रिय खेलमा भारतका लागि यो सर्वाधिक रनको रेकर्ड हो । यसअघि सन् २०१२ मा युवराज सिंह पाकिस्तानी स्पिनरविरुद्ध ५७ रन बनाएका थिए । अभिषेकले ती ६५ रन २८ बलमा २३२.१४ रनको औसतले जोडेका थिए । यस क्रममा उनले ६ वटा छक्का र चारवटा चौका हिर्काएका थिए ।

abhisekh sharma2

  • ३१७.३९ – आठौँ ओभरमा क्याच ड्रप भएपछि अभिषेकको स्ट्राइक रेट । अन्तिम २३ बलमा उनले ७२ रन जोडेका थिए । यसमा ७ छक्का र ५ चौका समावेश छ । उनले पहिलो २४ बलमा २८ रन मात्र बनाउन सकेका थिए । यसमा तीनवटा बाउन्ड्री मात्र थियो ।
  • ३ – अभिषेकअघि जिम्बाब्वेमा टी–२० अन्तर्राष्ट्रिय खेलमा शतक बनाउने खेलाडीको सङ्ख्या । यसअघि सन् २०१८ मा एरोन फिन्चले हरारेमा विश्व कीर्तिमानी १ सय ७१ रन बनाएका थिए । सन् २०२२ मा स्टिभन टेलरले जर्सीविरुद्ध १ सय १ रन बनाएका थिए ।
  • २३४/२ – हरारेमा भारतले बनाएको रनको सङ्ख्या । कुनै पनि टोलीले पुरुष टी–२० अन्तर्राष्ट्रियमा जिम्बाब्वेविरुद्ध बनाएको सबैभन्दा उच्च स्कोर हो । सन् २०१८ मा अस्ट्रेलियाले २ विकेटको क्षतिमा २ सय २९ रन बनाएको थियो । यो कुनै पनि टोलीले जिम्बाब्वेमा बनाएको दोस्रो ठुलो स्कोर पनि हो । यसअघि सन् २०२२ मा जिम्बाब्वेले सिंगापुरविरुद्ध ५ विकेटको क्षतिमा २ सय ३६ रन बनाएको थियो ।
  • १६१ – आइतबारको खेलमा भारतले अन्तिम १० ओभरमा बनाएको रनको सङ्ख्या । टी–२० अन्तर्राष्ट्रियमा कुनै पनि टोलीले बनाएको तेस्रो धेरै रन हो । नेपालले सन् २०२३ मा मंगोलियाविरुद्ध अन्तिम १० ओभरमा १ सय ९२ रन बनाएको थियो भने यही वर्ष जापानले चीनविरुद्ध १ सय ६१ रन बनाएको थियो ।

ईएसपीएन क्रिकइन्फो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप