विपद् व्यवस्थापनमा सरकार गम्भीर बनेन : सांसद गौतम
![विपद् व्यवस्थापनमा सरकार गम्भीर बनेन : सांसद गौतम](https://npcdn.ratopati.com/media/news/pratima-gautam_i039WEwDjT.jpg)
काठमाडौँ । नेपाली काग्रेस सांसद प्रतिमा गौतमले विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताएकी छन् । सोमवारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्य गम्भीर नहुँदा नागरिकले दुःख पाएको बताइन् । उनले विपद्का कारण ठुलो जनधनको क्षति भएको बताइन् ।
उनले गत सालका पीडितलाई राहत दिन नसक्दे यस वर्ष नागरिकले सोही कुराको दुःख व्यहोर्नुपरेको बताइन् । उनले राज्य विपद्का लागि जहिले पनि तयारीका साथ बस्नुपर्नेमा जोड दिइन् । गौतमले विपद्का कारण भएको क्षतिबारे संसद्लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन् ।
उनले भनिन्, ‘विपद्का कारण ठुलो जनधनको क्षति भएको छ । यो विपद् व्यवस्थापन गर्न सरकारले के गरिरहेको छ ? यो सदनलाई जानकारी गराउन म माग गर्न चाहन्छु । नेपाल कुनै पनि समय विपद् आउन सक्ने सम्भावना रहेको र उच्च जोखिम रहेको क्षेत्र हो । बाढी पहिरोका बारेमा सांसदज्युहरुले उठाउनुभएका कुरा मनन् गरेर सरकार अघि बढ्नुपर्छ । प्रत्येक वर्ष आउने वर्षालाई राज्यले महसुस नगरी काम गर्दा जनताले विपद्को सामना गर्नुपरेको छ ।’
सांसद गौतमले वर्षे विकासको रणनीतिबाट सरकार पछि हट्न आवश्यक रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी हिरासतबाट फर्किएका नेपालीको अनुभव– अहिले युक्रेन जानु सुगाको पिँजडामा पर्नु जस्तै हो
-
वार्षिक १० हजारलाई रोजगारी दिने कार्यक्रमको कानुन निर्माण प्रक्रिया अघि बढाउने सहमतिसँगै हट्यो संसद्को गतिरोध
-
घरेलु मैदानमा जितविहीन बन्दै टुंगियो नेपाली टोलीको यात्रा, थाइल्यान्डसँग ७ विकेटले पराजित
-
अलपत्र शीतभण्डार सञ्चालनमा ल्याउन निर्देशन
-
९ महिना युक्रेनीको कब्जामा रहेका २ नेपाली स्वदेश फिर्ता (तस्बिरहरू)
-
२ करोड ७९ लाख धरौटी बुझाइसकेका रवि लामिछानेसँग कति छ सम्पत्ति ?