४ जना मृतावस्थामा फेला
काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार रौतहटको माधव नारायण नगरपालिका-९ गढउ स्थित बाग्मती खोलाको किनारमा अन्दाजी ५५ वर्षीय पुरूष आइतबार मृतावस्थामा फेला परेका छन् ।
यसैगरी इलामको रोङ गाउँपालिका-५ इरौटार बस्ने ६५ वर्षीया सोम माया राई सोही ठाउँ स्थित भिर तल खोल्सामा आइतबार मृतावस्थामा फेला परेकी छिन् ।
गुल्मीको मदाने गाउँपालिका-३ कैरलपाटा बस्ने ७४ वर्षीय खुलानन्द पुरी पनि धुर्कोट गाउँपालिका-७ गोलपोखरी स्थित खरबारीमा आइतबार मृतावस्थामा फेला परेका छन् ।
यसैगरी दैलेखको भैरवी गाउँपालिका-१ महतरागाउँ कटौचे बस्ने ६१ वर्षीय तिर्थ बहादुर महतरा दुल्लु नगरपालिका-११ स्यालाखाडा स्थित छामघाट खोलाको किनारमा आइतबार मृत अवस्थमा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्लिस प्रिमियर लिग फुटबल : ‘डेब्यू’ खेलमा किन फरक जर्सी लगाएर मैदानमा ओर्लिए लेस्टर सिटीका १५ वर्षीय जेरेमी ?
-
आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सरकारले माग्यो सुझाव
-
प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछ : अध्यक्ष लिङ्देन
-
उपयुक्त समयमा संविधान संशोधन हुन्छः प्रधानमन्त्री ओली
-
गोली हानेर हत्या गरेपछि फरार प्रतिवादी साधुको भेषमा भेटिए, १७ वर्षपछि पक्राउ
-
बालुवाटार घेरेर भातपानी बन्द गर्ने लिङ्देनको चेतावनी