एमाले बागमती सरकारबाट बाहिरियो, मन्त्रीहरुले बुझाए राजीनामा

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । केन्द्रमा बनेको नयाँ समीकरणसँगै सोमबार एमालेका मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामुहिक रुपमा राजीनामा बुझाएका हुन् ।
राजीनामा दिनेमा एमाले संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ छन् ।
एमालेका मन्त्रीको राजीनामासँगै जम्कट्टेल नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ ।
एमालेका मन्त्रीहरुले केहीदिनअघि नै राजीनामा बुझाउन खोजेको भएपनि मुख्यमन्त्री जम्कट्टेल हेटौँडामा नभएकाले ढिलाइ भएको थियो । एमाले सरकारबाट बाहिरिएसँगै जम्कट्टेलले राजीनामा भने नदिई विश्वासको मतको सामना गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा भुलेर पनि खान हुँदैन यी पाँच कुरा
-
कमल थापाले बोलाए पदाधिकारी बैठक
-
मिलन नेवारलाई भारतमा 'स्वर कोकिला लता मंगेशकर सम्मान'
-
‘जरिबाना राजसंस्था र राप्रपाप्रति बालेनको वक्रदृष्टि हो, हामी एक लाख तिर्दैनौँ’
-
च्याम्पियन्स ट्रफी जितेपछि भारतीय कप्तान शर्माले भने– यस्ता भ्रम नफैलाइयोस्
-
सूचना प्रविधि पढेका रोशन : १ अर्ब ८७ करोडको क्रिप्टो कारोबार तर, गोजी रित्तै