बाढीका कारण कञ्चनपुरमा एक हजार ६२२ जना प्रभावित
कञ्चनपुर । लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको केही जमिन डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले अधिकांश भू–भागलाई प्रभावित बनाएको छ । महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिका–१० को तीन बस्ती डुबानमा परेका छन् । जोगबुडा पारीको कुतियाकभर तथा वारीका शान्ति टोल र लिसानी टोल डुबानमा परेका छन् ।
त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र दक्षिणी क्षेत्रका अधिकांश बस्तीमा बाढी पसेकोे छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जिल्लाभर बाढीबाट प्रभावित एक हजार छ सय २२ जना को उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए । “बाढीले जिल्लाका अधिकांश बस्ती डुबानमा परेका छन्,” उनले भने, “डुबानबाट प्रभावितलाई नजिकै विद्यालय र आफन्तकोमा सारिएको छ ।”
त्यसैगरी उनले बाढीमा परी कृष्णपुर नगरपालिकाको वडा–१ पोतीपुरमा सात महिनाका शिशु सोलु धानुकको मृत्यु भएको बताए । प्रवक्ता जोशीले भने, “घरमा सुतेको अवस्थामा बाढी पसेपछि डुबेर शिशुको मृत्यु भएको छ ।” निरन्तर वर्षा भइरहेका कारण अझै केही परिवार विस्थापित हुने अवस्थामा पुगेका जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्वाइँ साब’को फुटेज टिकटकमा लिक भएकोप्रति निती शाह–जे हुन्छ राम्रैको लागि हुन्छ
-
टाँडीका डीएसपी तानिए, रञ्जन अवालाई जिम्मेवारी
-
सेयर बजारमा नयाँ टीएमएस सञ्चालनमा, कारोबार प्रणालीमा नेप्सेको एकाधिकार हट्यो
-
१८ मध्ये १८ : पेनाल्टी पर्फेक्ट रोनाल्डो
-
फ्रान्सको राष्ट्रपतिलाई लाज लाग्नु पर्ने हो: नेतन्याहु
-
‘दिदी घर’ बन्यो सहाराविहीन बालबालिकाको आश्रयस्थल