आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

विपत‍्मा परेकाको राहत र उद्धारमा खटिन मुख्यमन्त्रीको निर्देशन

सोमबार, २४ असार २०८१, १० : १८
सोमबार, २४ असार २०८१

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले अविरल वर्षाका कारण विपत‍्मा परेकाहरूको तत्काल राहत र उद्धारमा लाग्न निर्देशन दिएका छन्।

वर्षाका कारण बाढी, पहिरो र डुबानबाट प्रभावित जनताको जनधनको सुरक्षाका लागि राज्यका निकायहरूलाई कार्यक्षेत्रमा खटिन उनले निर्देशन दिएका हुन् ।

लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग अविरल वर्षाका कारण भएको क्षतिको जानकारी लिएपछि मुख्यमन्त्री महराले राहत तथा उद्धारमा सक्रियता पूर्वक लाग्न निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

अविरल वर्षापछि लुम्बिनी प्रदेशका केही स्थानमा सडक अवरुद्ध भएको छ भने बाढी पहिरोले क्षति पुराउनुका साथै कतिपय बस्ती डुबानमा परेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप