आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु सर्‍यो

सोमबार, २४ असार २०८१, ०९ : ५३
सोमबार, २४ असार २०८१

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा सरेको छ । टेकुस्थित नेपाल आयल निगमको भवनबाट सोमबारदेखि काम सुरु गरिएको अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए ।

सो भवनमा यसअघि जिल्ला प्रहरी परिसर काठमाडौँ बसेको थियो । काठमाडौँ प्रहरी भद्रकाली स्थित आफ्नै नयाँ भवनमा सरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय यसअघि मिनभवनमा थियो । टेकुमा परिसरमा अनुसन्धान कार्यालयको अत्याधुनिक भवन बनिरहेको छ । 

२०७२ को भूकम्पपछि अपराध अनुसन्धान कार्यालयले हनुमान ढोकाबाट टेकु हुँदै मिनभवनबाट अनुसन्धान गर्दै आएको थियो । काठमाडौँ उपत्यकामा हुने ठुला अपराधको अनुसन्धान सो कार्यालयले गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप