बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखरा विमानस्थलमा संसदीय समितिको अनुगमन सुरु

सोमबार, २४ असार २०८१, ०९ : ३४
सोमबार, २४ असार २०८१

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संसदीय अनुगमन समितिले अध्ययन सुरु गरेको छ । २०७९ पुस १७ गते उद्घाटन भएको विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । 

विमानस्थल निर्माणका क्रममा अनियमितता समेत भएको हुन सक्ने उजुरी सार्वजनिक लेखा समितिमा परेको थियो । त्यसपछि असार १३ गते राजेन्द्र लिङ्देनको अध्यक्षतामा उपसमिति गठन भएको थियो । टोलीले निर्माणका फाइलहरू अध्ययन गर्नेछ भने स्थलगत अध्ययन समेत गर्नेछ । विमानस्थल निर्माणमा ठुलो रकम अनियमितता भएको आरोप छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप