आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

कञ्चनपुरमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

सोमबार, २४ असार २०८१, ०९ : ३०
सोमबार, २४ असार २०८१

काठमाडौँ । कञ्चनपुर जिल्लाको दोधारा वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको सूचना अनुसार त्यहाँ १०३ मिमि वर्षा मापन भएको हो ।

पछिल्लो २४ घण्टामा कञ्चनपुरको दोधारामा ५८८ मिमि, सुन्दरपुरमा ४०९ मिमि र हनमाननगरमा ५५८ मिमि वर्षा भएको छ । बाढी र डुबानको जोखिममा रहेका लागि सुरक्षित रहन आइतबार राति नै एसएमएस पठाइएको महाशाखाको भनाई छ ।

सो क्षेत्रमा थप वर्षा हुन सक्ने पूर्वानुमान रहेकाले सो क्षेत्र भई बहने अधिकांश नदीहरूमा हाल जलसतह खतरा तह आसपासमा छन् । महाशाखाले दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यता कैलाली जिल्लाको मोहना नदी मालाखेती जलमापन केन्द्रमा बिहान ७:३० बजे जलसतहले सतर्कता तह पार गरेको छ । नदी बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रमा रहनेहरूले आज साँझ सम्म उच्च सतर्कता अपनाउन भनिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप