विष्णुमती नदीको जलसतह सतर्कता तह पार
सोमबार, २४ असार २०८१, ०७ : ४३
_lv9r9u5Huy.jpg)
काठमाडौँ । काठमाडौँस्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान साढे ६ बजे जारी गरेको सूचना अनुसार जलसतह बढ्दो क्रममा रहेको छ ।
टेकुदोभानसम्मको नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । सो क्षेत्रमा शनिबार पनि डुबान भएको थियो ।
#smsalerts
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 8, 2024
असार २४,बिहान ६ः३०
काठमाण्डौं जिल्ला स्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दोक्रममा रहेको टेकुदोभान सम्मको नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजे सम्म उच्च सतर्कता अपनाऔँ @NDRRMA_Nepal