प्राणघातक हुन्छ इन्टरमिटेन्ट फास्टिङ ? के भन्छ अध्ययन ?
काठमाडौँ । तौल घटाउन र कोलेस्ट्रोल–चिनी नियन्त्रणमा राख्न विश्वभर विभिन्न खालका व्रतका चलन बढेका छन् । ठुलो सङ्ख्यामा मानिसहरू इन्टरमिटेन्ट फास्टिङ गर्न थालेका छन् । यो यस्तो खालको व्रत हो जसमा पौष्टिक चीजहरू निश्चित समयमा सेवन गर्नुपर्छ ।
उदाहरणका लागिः यसमा २४ घण्टामा १६ घण्टा भोकै बस्न र ८ घण्टामा केही हल्का खान सल्लाह दिइन्छ । तर सबै खालका मानिसलाई यस्तो प्रकारको फास्टिङ लाभदायक हुन्छ भन्ने छैन । हालै भएको एक अध्ययनमा अन्वेषकहरूले यो फास्टिङ बारे निकै ठुलो दाबी गरेका छन् ।
‘इन्टरमिटेन्ट फास्टिङ कयौँ प्रकारले लाभकारी मानिएको छ तर यदि तपाईंलाई मुटुको रोग छ र यस्तो खालको व्रत बस्नु भयो भने यसले प्राण नै जाने जोखिम बढाउन सक्छ ।’ भनेर अनुसन्धानकर्ताहरूले अनुसन्धान प्रतिवेदनमा भनेका छन् ।
बिना डाक्टरको सल्लाह यस्तो खालको व्रत नबस्न स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन् । आफ्नो स्वास्थ्यलाई ध्यानमा राख्दै चिकित्सकको सल्लाहमा मात्र फास्टिङमा बस्न भनिएको छ ।
- इन्टरमिटेन्ट फास्टिङबारे भएको अनुसन्धान
अमेरिकन हार्ट एसोसिएसन (एएचए)को सम्मेलनमा प्रस्तुत गरिएको शोधपत्रले इन्टरमिटेन्ट फास्टिङमाथि कयौँ प्रश्न उठाएको छ । मुटुसम्बन्धी समस्या भएका मानिसहरूका लागि यस्तो खालको व्रतले मृत्युको जोखिम ९१ प्रतिशतसम्म बढाउने बताइएको छ ।
इन्टरमिटेन्ट फास्टिङबारे अहिलेसम्म गरिएका अध्ययनका प्रतिवेदनहरू एकदमै विरोधाभासपूर्ण देखिन्छन् । यसअघि भएका अनुसन्धानहरूले इन्सुलिन संवेदनशीलता, सुनिन्ने, मोटोपना र कोलेस्ट्रोल जस्ता हृदय रोगका कारकहरूलाई कम गर्न फास्टिङको यो विधि लाभदायक हुने बताएका थिए । तर हालैका प्रतिवेदनहरूले यस प्रकारको व्रत हृदयाघातबाट हुने मृत्युको जोखिम बढाउन सक्ने बताइएको छ ।
- एएचएको प्रतिवेदनको मुख्य कुरा
सम्मेलनमा प्रस्तुत गरिएको शोधपत्रको निष्कर्षलाई हेर्दा केही प्रकारका स्वास्थ्य समस्याबाट ग्रसित भएका व्यक्तिका लागि इन्टरमिटेन्ट फास्टिङ हानिकारक हुने स्पष्ट छ । अध्ययनका अनुसार यसले हृदय रोग वा क्यान्सरबाट पीडित व्यक्तिहरूमा हृदयाघातको मृत्युको जोखिम पनि बढाउन सक्छ । हृदय रोगबाट पीडित व्यक्तिहरूमा इन्टरमिटेन्ट फास्टिङले हृदयाघात वा स्ट्रोकबाट मृत्युको जोखिम ६६ प्रतिशतसम्म बढाउन सक्छ ।
- विज्ञहरूको आपत्ति
यी निष्कर्षहरू समयपूर्व र भ्रामक भएको स्ट्यानफोर्ड युनिभर्सिटीका मेडिसिन र न्यूट्रिशनिस्टका प्रोफेसर क्रिस्टोफर गार्डनर पीएचडी भन्छन् । अध्ययन समूहमा पुरुषहरू, अफ्रिकी अमेरिकी र धूम्रपान गर्नेहरू धेरै थिए ।
यिनीहरूमा हृदय रोग र मृत्युको जोखिम पहिला नै उच्च हुन्छ । अन्वेषकहरूले सिफ्टमा गरिने काम, तनाव, र अन्य डाटाको कमी भएको गार्डनर भन्छन् । यस्तो अवस्थामा इन्टरमिटेन्ट फास्टिङलाई मात्र मृत्युको जोखिम कारक मान्न सकिँदैन भन्ने उनको तर्क छ ।
- अनुसन्धानको प्रामाणिकतामाथि प्रश्न
क्यानाडाका प्रख्यात नेफ्रोलोजिस्ट र इन्टरमिटेन्ट फास्टिङमा पुस्तकका लेखेका डा. जेसन फङले पनि अध्ययनको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । कुनै खास जनसङ्ख्याको नतिजाका आधारमा यस्ता निष्कर्ष निकाल्न नसकिने उनको भनाइ छ । यो पुष्टि गर्न थप अध्ययन आवश्यक रहेको उनी बताउँछन् ।
तर, महत्त्वपूर्ण कुरा चाहिँ के छ भने एउटै व्रतको विधि सबै मानिसका लागि उत्तिकै उपयुक्त हुन्छ भन्ने जरुरी छैन । पूरा जाँच गरेर अनि चिकित्सकको सल्लाहमा मात्रै यस्ता तरिकाहरू अपनाउनु पर्छ । हावाका भरमा यस्तो खालको व्रत बस्नु हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा सधैँ भर पर्ने कि राज्यले केही पहल गर्ने ?
-
‘सोनु निगम लाइभ इन नेपाल’ मा जोडियो दिपल
-
वैदेशिक रोजगारीमा सधैँ भर पर्ने कि राज्यले केही पहल गर्ने ?
-
भुटानी राजा नेपाल हुँदै भारत जाने
-
एनपीएलका अवसरमा अफर : डिशहोमको इन्टरनेट जडानमा थप ३ महिनाको बोनससहित नि:शुल्क फाइभ-जी राउटर
-
आउला त फिल्म पुष्पा–३ ?