टोकियोकी पहिलो महिला गभर्नरले लगातार तेस्रो पटक चुनाव जितिन्
सोमबार, २४ असार २०८१, ०६ : ४२

टोकियो । युरिको कोइके लगातार तेस्रो पटक टोकियोको गभर्नर बन्ने तय भएको छ । जापानको सबैभन्दा बढी जनसंख्या भएको सहर टोकियोकी पहिलो महिला गभर्नर आगामी चार वर्षसम्म आफ्नो पदमा रहन सक्नेछिन् ।
उनको जित राजनीतिक रूपमा संघर्षरत प्रधानमन्त्री फुमियो किशिदा र उनको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)का लागि राहत हुनेछ। फुमियोको पार्टीले ७१ वर्षीय युरिकोलाई तेस्रो पटक टोकियो गभर्नरेटरी चुनावमा समर्थन गरेको छ ।
युरिको कोइके पहिलो पटक २०१६ मा निर्वाचित भएकी थिइन् । उनले सन् २०२० मा दोस्रो पटक चुनाव जितिन् ।
रूढिवादी गभर्नरले कोरोनाभाइरस महामारी र २०२१ मा ग्रीष्मकालीन ओलम्पिकको समयमा सहरको सफलतापूर्वक व्यवस्थापन गरेकी थिइन्।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वित्तीय सङ्घीयता’ शीर्षकमा ल्याएको भनिएको रकमबारे प्रस्ट पार्न सरकारसँग माग
-
कुर्स्कका बासिन्दाहरूलाई निकाल्न युक्रेनसँग ‘सम्झौता’ भएको रुसको भनाइ
-
कृषि मन्त्रालयले रोक लगाएको दुग्धजन्य वस्तु भन्सारबाट धमाधम भित्रिँदै
-
न्युजिल्याण्डसामु २ सय ३६ रनमा समेटियो बंगलादेश
-
सीमा अपराध न्यूनीकरण गर्न सशस्त्र प्रहरीसम्बन्धी कानुन संशोधन गर्न लागिएको होः गृहमन्त्री
-
कानुन निर्माणमा लापरबाही, चार जना सांसदले बोलेर पारित भयो विधेयक