जिल्ला प्रहरी परिसर काठमाडौँको सेवा अब भद्रकालीबाट
आइतबार, २३ असार २०८१, २२ : ४५
![जिल्ला प्रहरी परिसर काठमाडौँको सेवा अब भद्रकालीबाट](https://npcdn.ratopati.com/media/news/jiil-prahari-parisar-ktm_eWqFxViQ7j.jpg)
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले आजदेखि काठमाडौँ महानगरपालिका–११ भद्रकालीस्थित आफ्नो नयाँ कार्यालयबाट सेवा प्रदान सुरु गरेको छ ।
यसअघि काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरबाट सेवा प्रदान गर्दै आएको परिसरले आजदेखि भद्रकालीमा आफ्नै नयाँ भवनबाट सेवा प्रदान सुरु गरिएको जिल्ला प्रहरी परिसरका सहायक प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले जानकारी दिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँले वसन्तपुरस्थित हनुमानढोकामा रहेको आफ्नै भवनबाट सेवा प्रदान गर्दै आए पनि विसं २०७२ वैशाख १२ गते गएको भूकम्पपछि टेकुमार्फत सेवा प्रदान गर्दै आएको थियो ।
भद्रकालीस्थित भवन कूल ८० करोड लगानीमा निर्माण गरिएको जनाइएको छ । भवन आठ तलाको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’ मा परिवर्तन
-
मनिष झाको प्रश्न : जेल बसेर बाहिर आएपछि एकै पटक दरबारचाहिँ कसरी बन्यो ?
-
अनावश्यक खर्च कटौतीमा ध्यान दिन्छु : अर्थसचिव उपाध्याय
-
क्यान्टोनमेन्टमा माओवादीले घोटाला गरेको छ : सांसद रिजाल
-
अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भयो : जनार्दन शर्मा
-
नन्दकिशोरका कारण विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्कने बाटो खुला