आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन रास्वपाको माग

आइतबार, २३ असार २०८१, २२ : २२
आइतबार, २३ असार २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढी, पहिरो, डुबान तथा प्राकृतिक प्रकोपका घटनाबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत र पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन सरकारसमक्ष माग गरेको छ ।

रास्वपाले आज विज्ञप्ति जारी गर्दै प्रकोप प्रभावित स्थानमा सरकारी संयन्त्रको यथोचित पहलकदमी लिन सम्बन्धित सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराएको हो ।

“नेपाल सरकार, गृह प्रशासनले विभिन्न क्षेत्रका प्रभावित तथा पीडित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि गरेको पूर्वतयारी एवं पहल सराहनीय छ तर सबै प्रकोप प्रभावित स्थानमा सरकारी संयन्त्रको पहलकदमी अभाव हुन सक्नेतर्फ सचेत रहन सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराउन चाहन्छौँ”, विज्ञप्तिमा भनिएको छ ।

केही दिनदेखिको वर्षाका कारण बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपले ठूलो जनधनको क्षति हुनाका साथै आमनागरिकले कष्टकर परिस्थिति सामना गर्न परिरहेको भन्दै रास्वपाले उद्धार, राहत र पुनःस्थापनाका कार्यमा जुट्न सबैमा आह्वान गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप