सोह्रौँ प्राज्ञसभा : ललितकलाको समयसापेक्ष विकासमा जोड

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १६ औँ प्राज्ञसभा आज सम्पन्न भएको छ । आज यहाँ आयोजित प्रज्ञासभामा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले संस्थागत नीति, नियम र मानवीय संशाधन विकासका लागि सामूहिक जिम्मेवारीलाई जोड्न आवश्यक रहेको बताए । नेपालका ऐतिहासिक, सांस्कृतिक विरासतलाई जोड्दै पहिचान, पहल र पहुँचजस्ता पक्षलाई व्यवस्थापन गर्न प्रतिष्ठान नयाँ ढङ्गले अगाडि बढ्ने उनको भनाइ थियो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा.अरनिकोकुमार पाँडेले देशको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका रहेको ललितकला क्षेत्रलाई समयसापेक्ष विकास गर्दै जानुपर्ने धारणा राखे । विकास भनेको सडक, भवन मात्र हो भन्ने मानसिकताभन्दा माथि उठेर कला क्षेत्रको विकासमा राज्यले जोड दिनुपर्ने उनको भनाइ थियो ।
प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिष्ठानका प्राथमिकता र कार्ययोजना, नीति तथा कार्यक्रम तर्जुमा गर्न प्राज्ञसभाको आयोजना गरिएको बताए । प्रतिष्ठानका सदस्य–सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले ललितकलाका क्षेत्रमा गर्नुपर्ने कामको प्राथमिकीकरण गरी कार्यान्वयनका लागि आवश्यक रणनीतिक, योजना तथा नीति निर्माणका तहमा समन्वय गरी गर्न आवश्यक रहेको बताए ।
उनले राष्ट्रिय ललितकला सङ्ग्रहालय, कला हब, प्रादेशिक तथा राष्ट्रिय ललितकला प्रदर्शनीको चर्चा गर्दै आगामी आर्थिक वर्षमा गरिने कार्यक्रमबारे जानकारी गराए । कार्यक्रममा प्रतिष्ठानका पूर्वकुलपति गोपाल चित्रकार र किरण मानन्धर, प्रतिष्ठान प्राज्ञपरिषद् सदस्य, प्राज्ञसभा सदस्य, कलाकार, पत्रकारलगायतको उपस्थित थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग फुटबल : रियलविरुद्ध गोल गरेपछि रोनाल्डो र नेमारको हाराहारीमा आर्सनलका राइसले
-
गण्डकीको हिउँदे अधिवेसन सकियो, लोकल रक्सी ब्राण्डिङ गर्ने सहित १० विधेयक ‘टेबुल’
-
च्यासलमा रग्बीको भिडन्त, तस्बिरहरू
-
संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’
-
नेपाल र बेलायतको न्यायिक प्रणाली
-
नेप्से परिसूचक बढ्दा पनि घट्यो कारोबार