आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

आइतबार, २३ असार २०८१, २१ : ५१
आइतबार, २३ असार २०८१

आज २०८१ असार २३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा सत्ता गुमाउने अवस्थामा पुगेपछि माओवादीले देख्यो प्रतिगमनको खतरा !, देशभर बाढी पहिरोले जनजीवन प्रभावित, केन्द्रमा गठबन्धन फेरिएपछि प्रदेशमा पनि हलचल, संसदमा आरोप–प्रत्यारोप, राजदूतका लागि सिफारिस भएकाहरू अलपत्र, नेकपा एकीकृत समाजवादीले १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने, पूर्वराजा ज्ञानेन्द्र शाहले मनाए ७८ औँ जन्मोत्सव लगायत छन् ।
१. सत्ता गुमाउने अवस्थामा पुगेपछि माओवादीले देख्यो प्रतिगमनको खतरा !
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ सत्ताबाट विमुख हुने अवस्थामा पुगेका छन् । दुई ठुला दल कांग्रेस र एमालेबिच सत्ता साझेदारी तथा संविधान संशोधन प्रयोजनका लागि समेत सहमति भएको अवस्थालाई माओवादी केन्द्रका नेताहरूले प्रतिगमनको खतराका रूपमा औँल्याउन थालेका छन् ।

२. देशभर बाढी पहिरोले जनजीवन प्रभावित
केही दिनदेखिको वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ । देशका मुख्य नदीमा जल सतह बढेको छ भने बाढी, पहिरोले विभिन्न सडक अवरुद्ध भएको छ । 

३. केन्द्रमा गठबन्धन फेरिएपछि प्रदेशमा पनि हलचल
केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेस मिलेर गठबन्धन बनाएपछि विभिन्न प्रदेशमा पनि सोही अनुसार हलचल सुरु भएको छ । 

४. संसदमा आरोप–प्रत्यारोप
प्रतिनिधि सभा बैठकमा नयाँ गठबन्धनबारे आरोप–प्रत्यारोप भएको छ । खासगरी यसअघि एउटै सरकारमा रहेका माओवादी केन्द्र र नेकपा एमालेबिच आरोप–प्रत्यारोप भएको हो । कांग्रेससँग गठबन्धन बनाएको एमाले आइतबार प्रतिपक्षको बेञ्चमा बसेको थियो ।

५. राजदूतका लागि सिफारिस भएकाहरू अलपत्र
सरकारले असार ७ गते विभिन्न मुलुकको राजदूतका लागि सिफारिस गरिएकाहरू अलपत्र परेका छन् । यस बिचमा सत्ता गठबन्धन फेरिएपछि उनीहरूको नियुक्ति प्रक्रिया प्रभावित भएको हो । 

६. नेकपा एकीकृत समाजवादीले १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने
नेकपा एकीकृत समाजवादी पार्टीले १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ । आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जनाए ।

७. पूर्वराजा ज्ञानेन्द्र शाहले मनाए ७८ औँ जन्मोत्सव
पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार ७८ औँ जन्मोत्सव मनाएका छन् । उनका समर्थकले नारायणहिटी दरबार अगाडि जन्मोत्सवका अवसरमा कार्यक्रमसमेत आयोजना गरे ।

८. जिल्ला प्रशासन कार्यालय खारेजीको अभियान चलाउँदै राजेन्द्र महतो
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले जिल्ला प्रशासन कार्यालय खारेज अभियान सुरु गर्ने भएको छ । असोज ३ गते संविधान दिवसका दिनदेखि सो अभियान सुरु गर्न लागेको राष्ट्रिय मुक्ति क्रान्तिका नेता सन्तोष मेहताले बताए ।

९. जगन्नाथ रथयात्रा आरम्भ
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) ले राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा ३९ औँ ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महोत्सव आयोजना गरेको छ ।  राष्ट्रपति पौडेलले राजधानीको कमलादीमा एक विशेष समारोहबिच आइतबार बिहान सो रथयात्रा महोत्सव शुभारम्भ गरेका हुन् ।

१०. २१ अंकले बढ्यो नेप्से
साताको पहिलो कारोबार दिन आइतबार नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से २१.२७ अंकले बढेर बन्द भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप