फ्रान्सको चुनावमा टुट्यो ४० वर्षको रेकर्ड
आइतबार, २३ असार २०८१, २१ : ४७

पेरिस । फ्रान्समा आइतबार संसदीय निर्वाचनको लागि दोस्रो चरणको मतदान भएको छ । यस चरणको चुनावमा ठुलो संख्यामा फ्रान्सेली जनता मतदान केन्द्रमा पुगेका थिए ।
यस पटक भोटिङ प्रतिशत विगत ४० वर्षयताकै सबैभन्दा धेरै रहेको बताइएको छ । चरम दक्षिणपन्थी नेशनल र्याली पार्टीले पहिलो चरणको मतदानमा जीत हासिल गरेर पूर्ण बहुमत ल्याउने आशा गरेको थियो । तर पार्टीले दुई अन्य गठबन्धन वामपन्थी न्यू पपुलर फ्रन्ट र राष्ट्रपति इम्यानुअल म्याक्रोँको मध्यमार्गी दल टुगेदर मुभमेन्टसँगको चर्को प्रतिस्पर्धाको सामना गर्नुपर्यो ।
पहिलो चरणमा ७६ सिटको निर्णय भएको छ । आइतबार ५०१ सिटको लागि मतदान भएको थियो । पूर्ण बहुमतको लागि कुनै पनि दलले २८९ सिटभन्दा बढी ल्याउनु पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षपछि पोखरामा पिउने पानी पूरै शुद्ध बनाउन सकिन्छ
-
प्रिमियरमा ‘फेरि रेशम फिलिली’ : कसले के भने ?
-
महाशिवरात्रि : जीवनको सर्वोत्तम व्रत
-
पैसा तिरेर पानीसँगै रोग किनिरहेका छौँ
-
सूर्यविनायकमा पूजा गर्दै ‘माग्ने राजा’ को छायाङ्कन सुरु
-
नेतन्याहूले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन