आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

इजरायली हमलामा हमासका वरिष्ठ नेताको मृत्यु

आइतबार, २३ असार २०८१, २१ : ४२
आइतबार, २३ असार २०८१

रफाह । गाजा सहरमा रहेको एक विद्यालयमा भएको इजरायली हमलामा हमासका एक वरिष्ठ नेताको मृत्यु भएको छ । हमाससम्बद्ध सञ्चारमाध्यमले बताएअनुसार सो विद्यालयमा विस्थापित हजारौँ प्यालेष्टाइनीहरूले शरण लिइरहेका थिए । 

विद्यालयमा भएको आक्रमणमा एहाब अल–गुसैनका साथै अन्य तीन जनामा मारिएका छन् । गुसैन हमासका पूर्व आन्तरिक मन्त्रालयका प्रवक्ता थिए । उनी अहिले भने उपश्रममन्त्री थिए । खबरका अनुसार हमलामा भुँइतलामा भएका २ कक्षा क्षतिग्रस्त भएका छन् ।

इजरायलले मृत्युको पुष्टि भने गरेको छैन । तर हवाई हमलामा आफूहरूले एउटा भवनलाई निशाना बनाएको र सो भवनबाट कयौँ आतङ्ककारी गतिविधि भइरहेको भन्ने अभिव्यक्ति दिइएको थियो । 

ती आतंकवादीहरू सो क्षेत्रको विद्यालय भवनमा बसिरहेको र सो क्षेत्रमा हतियार बनाउने कारखाना चलाइरहेको इजरायलको भनाइ छ । इजरायली सेनाले पूरै गाजामा सैन्य अभियान जारी राखेको छ । इजरायलको उत्तरी सीमामा हिजबुल्लाहले दुई स्थानमा रकेट प्रहार गरेको छ । जसमा एक व्यक्ति घाइते भएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप