सप्तकोशीमा पानीको बहाव घट्दै

विराटनगर । सप्तकोशीमा पानीको बहाव घट्न थालेको छ । आइतबार साँझ ७ बजेको मापन अनुसार कोशी ब्यारेजमा सप्तकोशीको बहाव ३ लाख ७६ हजार ३३५ क्यूसेक रहेको छ ।
आइतबार दिउँसो ३ बजेको मापन अनुसार उक्त नदीको बहाव ३ लाख ९३ हजार ७१५ पुगेको थियो ।
दिउँसो १ बजे ३ लाख ८६ हजार ७३५ क्यूसेक थियो । ब्यारेजको क्षमता ९ लाक क्यूसेक भएपनि बालुवा थुप्रिएको कारण ४ लाख क्यूसेक भन्दा बढी पानीको बहाव भए खतरा मानिने विज्ञहरू बताउँछन् ।
आइतबार बिहान ९ बजेको मापन अनुसार ३ लाख ६८ हजार क्यूसेक पानी रहेको भएपनि ११ बजे उक्त बहाव बढेर ३ लाख ७५ हजार ९३० पुगेको थियो । पानीको बहाव बढेसँगै ब्याजेरका ५६ वटै ढोका खोलिएका छन् । आइतबार बिहान ७ बजेको मापन अनुसार पानीको बहाव ३ लाख ४२ हजार क्यूसेक थियो । ८ बजे बढेर ३ लाख ४९ हजार क्यूसेक पुगेको थियो । तीव्र रूपमा बढिरहेको पानीको बहाव साँझदेखि भने घट्न थालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै
-
गरिब, विपन्न नागरिकलाई निःशुल्क खानेपानीको सुनिश्चित गर्ने दिशामा सरकारले काम गर्यो : मन्त्री यादव
-
‘गाउँमै अस्पताल, सबै नागरिकको स्वास्थ्य बीमा’
-
चट्याङ लागेर खाजा खाँदै गरेका दुई जना घाइते
-
पर्सामा ३७ बिघामा लगाइएको गाँजा नष्ट
-
कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन देखायो चासो, भैरहवा र पोखराबाट उडान गर्न आग्रह