आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

फिल्म ‘चिट्ठी’ सेन्सर पास

आइतबार, २३ असार २०८१, १९ : २९
आइतबार, २३ असार २०८१

काठमाडौँ । माधव खरेल निर्देशित फिल्म चिट्ठीले  सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले आइतबार फिल्मलाई पिजी सर्टिफिकेट दिँदै सेन्सर पास गरेको हो । 

अब यो फिल्म १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको साथमा मात्र हेर्न पाउनेछन् । फिल्मलाई सेन्सर बोर्डले राम्रो प्रतिक्रिया दिएको निर्देशक खरेल बताउँछन् ।

एरा प्रोडक्सनको प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्म कमेडी, सस्पेन्स र थ्रिलर जनरामा निर्माण भएको हो । फिल्म सञ्चारकर्मी समेत रहेकी कमला जोशीले निर्माण गरेकी हुन् । खरेललकै लेखन रहेको फिल्मको प्रदर्शन मिति भने तय भएको छैन ।

फिल्ममा सन्जित भण्डारी, खड्ग बहादुर पुनमगर (खवपु), गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, मुस्कान लामा, प्रवण भुसाल, कञ्चन चालिसे, नम्रता खरेल पौडेललगायतको मुख्य अभिनय रहेको छ । मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारको समेत फिल्ममा अभिनय देख्न सकिन्छ ।

सरोज कोइरालाको संगीत, जीवन पराजुली र राजन खरेलको छायाँकन, किरण दाहालको द्धन्द्ध, कृष्ण बहादुर कार्कीको निर्माण व्यवस्थापन रहेको फिल्म राजेश कुमारले सम्पादन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप