आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस–एमालेको संयुक्त विज्ञप्ति : मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन आग्रह

आइतबार, २३ असार २०८१, १९ : ००
आइतबार, २३ असार २०८१

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा दिन आग्रह गरेका छन् । आइतबार कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाह नेता र एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री सोडारीले सरकार सञ्चालन गर्ने नैतिक आधार गुमाइसकेकाले राजीनामा दिन आग्रह गरेका हुन् । 

एमालेले सुदूरपश्चिम सरकारबाट बिहीबार समर्थन फिर्ता लिएर मन्त्रिपरिषदबाट बाहिरिएको थियो । 

कांग्रेस–एमालेले सरकारले बहुमत गुमाइसकेकाले दैनिक कामकाज बाहेक अन्य कुनै पनि कार्यहरू सम्पादन नगर्न र नगराउन मुख्यमन्त्री सोडरीलाई आग्रह गरेका छन् ।  

कांग्रेस र एमाले केन्द्रको सहमति अनुसार सुदूरपश्चिममा पनि दुई दलले नयाँ सरकार बनाउने छन् । 

s

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप