बाढीबाट प्रभावित राष्ट्रिय राजमार्ग तथा सडक तत्काल सञ्चालन गर्न माग
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बाढीबाट प्रभावित राजमार्ग तथा सडक तत्काल सञ्चालन गर्न सरकारसँग माग गरेको छ ।
महासङ्घका महासचिव डेकनाथ गौतमले आइतबार विज्ञप्ति जारी गरी अविरल वर्षाका कारण गएको बाढीपहिराबाट राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग र ग्रामीण सडकमा क्षति पुगेकाले तत्काल मर्मत तथा वैकल्पिक व्यवस्था गरी सडक खुलाउन सरकारसँग माग गरेका हुन् ।
“अविरल वर्षाका कारण बाढीपहिराबाट ठुलो जनधनको क्षति भएको छ, कयौँ राष्ट्रिय राजमार्ग तथा ग्रामीण सडक बन्द भएका छन्, जसका कारण यात्रुहरू बिचल्लीमा परेका छन् । मर्मत तथा डाइभर्सन बनाएर सडक सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ”, महासचिव गौतमले भने ।
महासङ्घले देशभरका जुनसुकै स्थानबाट सेवा सञ्चालन गर्दा आफ्नो गन्तव्य स्थानसम्म पुग्ने बाटोको अवस्थाबारे पूर्णरुपमा जानकारी लिएर मात्र यात्रा गर्न र सवारी साधन सञ्चालनका लागि अपिल गरेको छ ।
बन्द भएका सडक खुलाउने कार्यमा सुरक्षाकर्मी परिचालन भइसकेकाले सुरक्षाकर्मीसँग सहकार्य गरेर यातायात सञ्चालन गर्नसमेत सबै व्यवसायीलाई महासङ्घले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियाणामा खस्यो ६१ प्रतिशत मत, यस्तो छ एक्जिट पोलको परिणाम
-
सिन्धुपाल्चोकका विपद् प्रभावित अन्य पालिकालाई पनि संकटग्रस्त सूचीमा समावेश गर्न माग
-
बंगलादेशमा यसवर्ष चट्याङबाट ३०० व्यक्तिको मृत्यु
-
लेबनानबाट २१५ चिनियाँ नागरिकको उद्धार
-
ललितपुरमा आइपुग्यो दक्षिणकालीको खानेपानी
-
प्रेस काउन्सिलको ‘मिडिया इयर बुक’ सार्वजनिक