आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

आमाको हत्या गरेर फरार साह पक्राउ

आइतबार, २३ असार २०८१, १७ : ५९
आइतबार, २३ असार २०८१

काठमाडौँ । रौतहटमा कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको राजदेवी नगरपालिका १ पथरा टोल बस्ने मनोज साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

गत जेठ ५ गते अंशबन्डाका विषयमा आमा राधादेवी साहको हत्या गरेर फरार रहेका उनलाई प्रहरीले खोजतलास गरिरहेको थियो । खोजतलास गर्ने क्रममा प्रहरीले साहको परिवारसँग परामर्श गरी उनीसँग सम्पर्क गर्न सफल भएको थियो । 

सम्पर्कपछि प्रहरीले साहलाई फरार रहेको अवस्थाको जोखिम तथा हाजिरी भई अनुसन्धानमा सहयोग गरेपछिको अवस्थाबारे कानुनी परामर्श समेत दिएको थियो । त्यसलगत्तै साह जिल्ला प्रहरी कार्यालय रौतहटमा हाजिर भएका थिए । 

साहलाई कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप