कृषि उपज बेच्ने परिवार एक प्रतिशत
आइतबार, २३ असार २०८१, १७ : ५३

काठमाडौँ । नेपालमा कृषि उपज बेच्ने परिवार १ प्रतिशत रहेको पाइएको छ । नेपालमा व्यावसायिक कृषि वस्तु उत्पादन १.१ प्रतिशत मात्रै रहेको पाइएको हो ।
कृषि अर्थविज्ञ डा. देवेन्द्र गौचनका अनुसार आफ्नो उत्पादन आफै उपभोग गर्ने परिवार झन्डै ६९ प्रतिशत छन् । उनका अनुसार मुख्य रूपमा उपभोग गर्ने र केही बचेको बेचिदिने परिवार झन्डै २५ प्रतिशत छन् । ‘मुख्यरुपमा बेच्ने र केही उपभोग गर्ने परिवार ५.४ र सबै बेच्ने १.१ प्रतिशत मात्रै छ,’ उनले भने, ‘ यो हेर्दा करिब ७ प्रतिशत घरपरिवारले उपजहरू बेच्ने गरेको देखिन्छ ।’
उनले गहिरो र दिगो सरल रेखाबाट हुने प्रणालीगत परिवर्तनबाट कृषि रूपान्तरण गर्नुपर्ने बताएका छन् । उनका अनुसार सरल रेखाबाट हुने प्रणालीगत परिवर्तनले सांस्कृतिक, राजनीतिक, प्राविधिक, आर्थिक, सामाजिक र वातावरण प्रक्रिया समावेश हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संविधान भन्दा शिक्षा ऐन जारी गर्न समस्या’
-
मुम्बई पुलिसका डीसीपीको कार दुर्घटनामा मृत्यु
-
भाषामा भूमण्डलीकरणको प्रभाव
-
तीनकुने घटनामा पक्राउ पर्नेको संख्या १११ जना पुग्यो
-
तीनकुने घटनामा घाइते ७१ जना सुरक्षाकर्मी डिस्चार्ज
-
राप्रपा नेपालका अध्यक्ष थापाले भेटे पक्राउ परेका राप्रपा नेता, भने स्वास्थ्यको ख्याल राख्नु