आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशका दुई सडक अझै अवरुद्ध

आइतबार, २३ असार २०८१, १७ : ३२
आइतबार, २३ असार २०८१

बुटवल । लुम्बिनी प्रदेशमा वर्षापछि आएको पहिरोका कारण दुई वटा सडक अवरुद्ध  भएकाे छ । गुल्मीको रिणी तम्घास सडक र  दाङको भालुवाङ्ग चकचके सडक अवरुद्ध भएको हो । 

भालुवाङ्ग चकचके सडक दिउँसो  ३ बजेदेखि अवरुद्ध भएको  हो भने रिणी  तम्घास सडक  हिजो साँझदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।  अन्य ठाउँमा अवरुद्ध सडक भने अहिले सञ्चालनमा आएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले  जनाएको छ । 

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल तानसेन र सन्धिखर्क  गोरुसिङ्गे सडक अहिले सञ्चालनमा आइसकेको टाफ्रिक प्रहरी कार्यालयले जनाएको  छ । ती सडकहरू शनिबार साँझदेखि अवरुद्ध हुँदै आएका थिए । 

त्यस्तै प्युठान, गुल्मी र पाल्पाका विभिन्न सडकहरू पनि बन्द हुने र खुल्ने क्रम चलिरहेको प्रहरीको भनाई छ । ती सडकमा पहिरो पन्छाउनका लागि ठाउँ ठाउँमा उपकरणसहित जनशक्ति खटाइएको सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले बताए । अहिले भने ती सडक सुचारु भएको बताइएको छ । 

शनिबार बिहानदेखि आएको बाढीले  दाङमा  २  जनाको  मृत्यु भएको छ भने  पाल्पामा पनि एक  जनाको  मृत्यु भएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप