आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

भारतीय नम्बर प्लेटको गाडीबाट १४ किलो चाँदी बरामद

आइतबार, २३ असार २०८१, १७ : ३२
आइतबार, २३ असार २०८१

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भारतीय नम्बर प्लेटको गाडीबाट १४ किलो भन्दा बढी चाँदी बरामद गरेको छ । 

राजधानीको सानो गौचरणस्थित एक अटो वर्कसपभित्र रोकी राखेको अवस्थामा बीआर०६ यू ९०५३ नम्बरको गाडीबाट  १४ किलो २५० ग्राम चाँदीका गरगहनाहरू बरामद गरेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

 चाँदी ल्याउने कार्यमा संलग्न भारतीय नागरिक अमन कुमार, बिकी कुमार साह र चालक पर्साका श्रवण प्रसाद कानुलाई समेत नियन्त्रणमा लिइएको बोगटीले जानकारी दिए । 

उनीहरूले अवैध रूपमा गहनाको आकार दिएर चाँदी ल्याउँदै काठमाडौँमा बिक्री वितरण गर्ने गरेको खुलेको छ ।  तीनै जनालाई आइतबार आवश्यक कारबाहीका लागि चाँदीसहित राजस्व अनुसन्धान विभाग पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप