बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति महासंघद्वारा दुःख व्यक्त

काठमाडौँ । विगत केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको ठुलो क्षतिप्रति नेपाल निर्माण व्यवसायी महासंघले गहिरो दुःख व्यक्त गरेको छ ।
आइतबार विज्ञप्ति जारी गर्दै महासंघका महासचिव रोशन दाहालले यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
बाढी पहिरोका कारण घाइते भएका सर्वसाधारण सहित क्षतिग्रस्त परियोजनाका सम्बन्धित निर्माण कम्पनीहरू÷व्यवसायीहरूलाई यथाशीघ्र राहत उपलब्ध गराउन महासचिव दाहालले विज्ञप्ति मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
साथै विपतको यस घडीमा देशभरका अवरुद्ध राजमार्ग तथा बाटाघाटा सुचारु गर्नका लागि सम्बन्धित सबै निकायलाई आ—आफ्ना यन्त्र उपकरण उपलब्ध गराइ सहयोग गर्न महासंघले देशभरका निर्माण व्यवसायीहरूलाई हार्दिक अपिल गरेको छ ।
पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन समेत सरकार समक्ष अपिल गर्दै महासंघले सरकारको यस अभियानमा सक्रिय रुपमा सहभागी हुन सबै सदस्यहरूलाई अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका लागि खोटाङवासीको त्यो सक्रियता
-
सहज छैन सलाहको यात्रा, केन र लेवान्डोवस्कीदेखि एमबाप्पेसम्म छन् दौडमा
-
संविधानको पूर्ण कार्यान्वयनमार्फत पहिचानको मुद्दा सम्बोधन गर्न सकिनेछ : प्रचण्ड
-
ललितपुर महानगरपालिकाले भत्कायो घर-टहरा (तस्बिरहरु)
-
धौलागिरिका दुर्गम गाउँमा पुग्यो सडक
-
५ बजे मन्त्रिपरिषद् बैठक, हटाइएलान् कुलमान ?