शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति महासंघद्वारा दुःख व्यक्त

आइतबार, २३ असार २०८१, १७ : ०५
आइतबार, २३ असार २०८१

काठमाडौँ ।  विगत केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको ठुलो क्षतिप्रति नेपाल निर्माण व्यवसायी महासंघले गहिरो दुःख व्यक्त गरेको छ । 

आइतबार विज्ञप्ति जारी गर्दै महासंघका महासचिव रोशन दाहालले यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

 बाढी पहिरोका कारण घाइते भएका सर्वसाधारण सहित क्षतिग्रस्त परियोजनाका सम्बन्धित निर्माण कम्पनीहरू÷व्यवसायीहरूलाई यथाशीघ्र राहत उपलब्ध गराउन महासचिव दाहालले विज्ञप्ति मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । 

 साथै विपतको यस घडीमा देशभरका अवरुद्ध राजमार्ग तथा बाटाघाटा सुचारु गर्नका लागि सम्बन्धित सबै निकायलाई आ—आफ्ना यन्त्र उपकरण उपलब्ध गराइ सहयोग गर्न  महासंघले देशभरका निर्माण व्यवसायीहरूलाई हार्दिक अपिल गरेको छ । 

पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन समेत सरकार समक्ष अपिल गर्दै महासंघले सरकारको यस अभियानमा सक्रिय रुपमा सहभागी हुन सबै सदस्यहरूलाई अनुरोध गरेको छ ।  

                                                      

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप