ओली संविधानको धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री बन्नुहुन्छः बडू
आइतबार, २३ असार २०८१, १६ : ५८

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संविधानको धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने बताएका छन् ।
कांग्रेस–एमालेबीच पहिलो चरणमा ओलीलाई प्रधानमन्त्री बनाउने समझदारी भएकाले त्यसको कार्यान्वयन हुनेमा आशंका नगर्न पनि उनले आग्रह गरे । आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद बडूले पहिलो चरणमा ओली र दोस्रो चरणमा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दुई दलको समझदारी इमान्दारिताका साथ कार्यान्वयनमा जाने बताए ।
उनले दुई दल संविधानको ७६ (२) अनुसार सरकार बनाउन सहमतीमा आएको पनि स्पष्ट पारे ।
सांसद बडूले दुई दलबीच मुलुकलाई राजनीतिक स्थिरता दिनेगरी सरकारमा जाने सहमती भएको पनि दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभाको बर्खे अधिवेशनका बैठक शनिबार बाहेक सबै दिन बसाल्न प्रस्ताव
-
राजदूतद्वय नेपाल र पण्डितलाई माल्टा र साइप्रसको पनि जिम्मेवारी
-
प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत १० वर्षसम्म संघबाटै पठाइने
-
६ किलो अवैध चाँदी प्रहरीद्वारा बरामद
-
गण्डकी सरकारले सुरु गर्यो आयोजना बैंक, ५० लाखभन्दा माथिका योजना कार्यान्वयन गर्ने
-
लेकतर्फ लाग्दै भेडाका बथान