आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

बालीहरूमा विषादीको प्रयोग नगर्न नार्कको सुझाव

आइतबार, २३ असार २०८१, १५ : ४६
आइतबार, २३ असार २०८१

काठमाडौँ । मनसुनको समयमा बालीहरूमा विषादीको प्रयोग नगर्न आग्रह गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले मनसुनको समयमा बालीहरूमा विषादीको प्रयोग गर्दा बगेर जाने पानीले प्रदूषण गर्ने भएकाले विषादी प्रयोग नगर्न आग्रह गरेको हो ।  

अति आवश्यक परेमा पानी नपरेको समयमा स्टिकर मिसाएर मात्र विषादी प्रयोग गर्न कृषि मौसम सल्लाह बुलेटिन मार्फत सुझाएको छ । 

नार्कको साताभरको लागि कृषि सुझाव: 

  • २१–२५ दिन भैसकेको धानको बेर्ना प्रति रोपो २–३ वटाको दरले रोप्नुहोस् । हार देखी हार २० से.मी. र रोपो देखी रोपो १५ से.मी. दूरीमा र सूचिकृत गरिएका वर्णशंकर धान १ गोटा बेर्नाको दरले हार देखी हार २० से.मी. र रोपो देखी रोपो २० से.मी. दूरीमा रोप्नुहोस् । धानबालीमा झारपात व्यवस्थापनको लागी मौसमको अवस्था हेरी ब्यूटाक्लोर १ के. जी. प्रति रोपनी वा ०.६ के.जी. प्रति कट्टाको दरले धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा छर्नुहोस् ।
  • प्लाष्टिक घरमा खेती गरिएको गोलभेँडामा पात खन्ने कीराले क्षति धेरै गरेमा क्लोरएन्ट्रानिलिप्रोल १८.५% एस.सी. वा स्पिनोस्याड ४५% एस. सी. १ एम.एल. प्रति ३ लिटर पानीमा मिसाएर छर्नुहोस् । एउटै विषादी निरन्तर प्रयोग नगरी आलोपालो प्रयोग गर्नुहोस् ।
  • खुर्सानीको बोट ओइलाउने रोग व्यवस्थापनको लागि कपरयुक्त विषादी (जस्तै: ब्लाईटोक्स, ५०%, धनुकोप) वा क्रिल्याक्सिल २ ग्राम प्रति लिटर पानीमा मिसाई १०–१२ दिनको फरकमा २–३ पटक जरा र वरिपरिको माटो भिज्नेगरि ड्रेन्चिङ गर्नुहोस् ।
  • देशैभर वर्षाको सम्भावना रहेकोले गाई गोरु र भैँसीहरुमा भ्यागुते रोग देखा पर्न सक्दछ । सल्फोनामाईड, टेट्रासाइक्लिन, पेनिसिलिन, जेन्टामाइसिन, सिप्रोफ्लोक्सासिन समूहका औषधीहरू प्राविधिकको सल्लाह अनुसार प्रयोग गरी उपचार गर्नुहोस् ।
  • अधिकांश दिनहरूमा मनसुन सक्रिय रही देशका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा थोरै स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेकोले माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस् । माछापोखरीको निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाई पानी निकासको उचित व्यवस्था मिलाउनुहोस् ।
  • मौसम सम्बन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौबिसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस् ।
  • कृषि र पशु सम्बन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक सोमबार दिउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप