साताको पहिलो कारोबार दिन नेप्से २१ अंकले बढ्यो
आइतबार, २३ असार २०८१, १५ : ४७
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से २१.२७ अंकले बढेर बन्द भएको हो ।
दुई हजार एक सय दशमलब ४० दशमलब ९७ विन्दुमा पुगेर बन्द भएको हो । नेप्सेमा आज पाँच कम्पनीको शेयर मूल्य पाँच प्रतिशतले बढेको छ । आज मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्यमा उच्च गिरावट आएको छ ।
यो कम्पनीको शेयर मूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढि एनआरएन इन्फाइन्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको २१ करोड ७१ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेमा आज ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १५० वटाको बढेको छ भने ८२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसले प्रयोग गरिरहेको मिसाइल बनाउने कारखानालाई उत्तर कोरियाले गर्यो विस्तार
-
महोत्तरीको रामगोपालपुरमा स्थानीय निर्वाचनको चहलपहल बढयो
-
जाडोमा छालाको हेरचाह, साबुनको सट्टा अनुहारमा लगाउनुस् यी चिज
-
‘कार्साङ’को हिरो दयाहाङ कि जितु ?
-
गुल्मीमा धान उत्पादन बढ्यो
-
अभियानको म्याद थप्ने तयारीमा जसपा नेपाल