जनताको मुद्दामा संसद् र सरकार दुवै निकम्मा देखिए : महर
काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले जनताका समस्याप्रति संवेदनशील बन्न संसद् र सरकारलाई आग्रह गरेका छन्। प्रकोप नियन्त्रणका लागि हाम्रो अभियानले आज काठमाडौँमा आयोजना गरेको ‘जनवायु परिवर्तन र प्रकोप न्यूनीकरणमा राजनीतिक दलको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा महरले सदन र सरकार जनताका एजेन्डामा केन्द्रित नभई दलगत फाइदा र बेफाइदामा अल्झिएको बताए ।
अहिले देश भीषण वर्षासँगैको बाढी र पहिरोले आक्रान्त बनेकाले सबै राजनीतिक दल जोखिम न्यूनीकरणमा केन्द्रित हुनुपर्ने महरको भनाइ छ । ‘विपद्जन्य घटनामा परेर दर्जन हाराहारी नागरिकले ज्यान गुमाइसक्नु भएको छ। सयौँ परिवार विस्थापित हुँदा करोडौँको क्षति भएको छ। यस्तो अवस्थामा सरकार र सदनले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्नु निकम्मापनभन्दा अरू केही होइन,’ उनले भने ।
जनताका मुद्दामा केन्द्रित रहेर नीति निर्माण गर्नु पर्ने संसद् सरकार बनाउने र भत्काउने काममा व्यस्त देखिएको उनले बताए । ‘जनताका आवश्यकताभन्दा सरकारमा बसेकाहरूले आफ्नो नैतिक दायित्व बिर्सिएर राहत र उद्धार कार्यमा तदारुकता देखाउन सकेका छैनन्,’ उनले भने।
समयमै जलवायु परिवर्तन र प्रकोप न्यूनीकरणका लागि उचित नीति निर्माण गरेर कार्यान्वयन गर्न सकेको भए आज यस किसिमको अस्तव्यस्तताको सामना गर्नु नपर्ने महरको भनाइ छ। राजनीतिज्ञले जनताको स्पन्दन सुन्न सक्नुपर्ने महरले बताए।
जनताको पीडा संसद् र सरकारलाई दुख्नु पर्ने र सबै राजनीतिक दलले राहत तथा उद्धारमा केन्द्रित हुनुपर्ने उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्क अमेरिकाको राष्ट्रपति बन्न सक्लान् ?
-
‘विषाक्त समाजमा बाँच्न डर लाग्छ, मर्न डर लाग्दैन’
-
क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ
-
जाडोमा स्विमिङ गर्न सकिने ‘रिफ्रेस रिक्रिएसन सेन्टर’ सञ्चालनमा, ९ करोड लगानी
-
‘अब हाँस्छ अमेरिका २’ सँगै ‘अब सुन्छ अमेरिका’ आयोजना हुने
-
१४८ देशसँग नेपालको व्यापार, ११९ सँग घाटा