काठमाडौँ महानगरपालिकाले थाल्यो एसईई पूरक परीक्षाको तयारी कक्षा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि एसईई पुरक परीक्षाको तयारी कक्षा सुरु गरेको छ । २०८० सालको एसईईमा नियमित परीक्षार्थीमा सहभागी भएर ग्रेड वृद्धि पाउन नसकेका ८७३ जना विद्यार्थीका लागि कक्षा सुरु गरिएको हो ।
कक्षा सञ्चालनका लागि गएको शुक्रबार सहरी योजना आयोग र शिक्षा विभागले, विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुसँग छुट्टाछुट्टै तयारी वैठक गरेका थिए ।
महानगरपालिकाभित्रका ५८ वटा सामुदायिक विद्यालयबाट २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३ हजार ९५९ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये ३ हजार ८६ जना (७८%) ले ग्रेडवृद्धि प्राप्त गरेका थिए । बाँकी ८७३ जना (२२%) विद्यार्थी ग्रेड वृद्धि (पुरक) परीक्षामा सहभागी हुँदैछन् ।
विषयगत रुपमा हेर्दा सबैभन्दा धेरै ४५९ जना विद्यार्थी गणित विषयमा अनुत्तीर्ण भएका छन् । यसपछि अर्थशास्त्रमा २१९ जना, विज्ञानमा २६६ जना, सामाजिकमा १८९ जना, नेपालीमा ११६ जना, अंग्रेजीमा ९१ जना, लेखामा ७० जना, अप्सनल म्याथमा ५८ जना, कम्प्युटरमा २० जना, जनसंख्यामा ८ जना अनुत्तीर्ण भएका छन् । इलेक्ट्रिकल मेसिन विषयमा ४ जना, भूगोलमा ३ जना, वेसिक इलेक्ट्रिकलमा ३ जना, इन्डष्ट्रियल इन्स्टलेसनमा २ जना, इलेक्ट्रिकल इञ्जिनियरिङ्मा १ जना र वातावरण विज्ञानमा १ जना अनुत्तीर्ण छन् ।
यी विद्यार्थीहरुलाई स्रोत केन्द्रमा क्याम्प राखेर कक्षा सुरु गरिएको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले बताए ।
कक्षामा व्यक्तिगत परामर्श, पियर लर्निङ् (दुई जनाका बिचमा हुने अन्तरक्रियात्मक सिकाइ) र समूहगत सिकाइ जस्ता विधि अबलम्बन गरेर कक्षा सञ्चालन हुनेछन् ।
११ वटा स्रोत केन्द्रमा दैनिक करिब ७० वटा कक्षा चल्नेछन् । विद्यार्थीको अनुकुलता र विषय हेरेर कक्षा संख्या बढ्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस काउन्सिलको ‘मिडिया इयर बुक’ सार्वजनिक
-
विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य संकट आउन नदिन सरकारले काम गरिरहेको छ : मन्त्री पौडेल
-
मंसिर २८ गते पत्रकार महासंघका तीनै तहको निर्वाचन गर्ने निर्णय
-
आगामी उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिस्पर्धामा जान्छ : प्रचण्ड
-
गरिब केटो (लघुकथा)
-
एसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधि