आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा गुरागाईँलाई नियुक्त गर्न सिफारिस

आइतबार, २३ असार २०८१, १५ : २३
आइतबार, २३ असार २०८१

विराटनगर । रिक्त रहेको कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव महेन्द्रप्रसाद गुरागाईँलाई नियुक्त गर्न प्रदेश सरकारले सिफारिस गरेको छ । 

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आइतबार बसेको सिफारिस समितिको बैठकले उनलाई नियुक्ति गर्न सिफारिस गरेको हो । लामो समय निजामती सेवामा काम गरेका गुरागाईँसँग लोक सेवा आयोगमा काम गरेको अनुभव पनि छ । उनले दुई वर्षअघि सेवाबाट अवकाश लिएका थिए । 

तेह्रथुमको म्याङ्लुङ पुरानो घर भएपनि उनको परिवार मोरङको उर्लाबारीस्थित मंगलबारेमा रहेका छन् । सिफारिस समितिमा मुख्यमन्त्री, प्रदेश सभाका सभामुख र विपक्षी दलका नेता रहने कानुनी व्यवस्था छ । प्रदेश लोक सेवा आयोग ऐन २०७६ अनुसार  आयोगको अध्यक्ष समयावधि ६ वर्षको हुन्छ । यसअघिका अध्यक्ष उत्तम भट्टराईले उमेर हदका कारण  अवकाश लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप