मधेस प्रदेश
मधेस सरकारमा पठाउन कांग्रेसले ४ मन्त्रीको नाम टुंगो लगायो
आइतबार, २३ असार २०८१, १४ : ५३
वीरगन्ज । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारमा पठाउन ४ जना मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेसले जनार्दन सिंह क्षेत्रीको नेतृत्वमा ४ जना सांसदलाई सरकारमा पठाउन लागेको हो ।
कांग्रेसले सरकारमा क्षेत्री, सुनिल यादव, शेषनारायण यादव र कौशल किशोर रायलाई पठाउन लागेको सांसद क्षेत्रीले जानकारी दिए ।
सबै जिल्लाको प्रतिनिधित्व हुने गरी मन्त्रीहरूको छनौट भएको उनले बताए । उनका अनुसार कसलाई कुन मन्त्रालयमा पठाउने भने टुंगो लगाउन बाँकी रहेको छ ।
राज्यमन्त्रीको भने नाम टुंगो लगाउन नसकिएको र सहमतिको प्रयास जारी रहेको एक नेताले बताए । मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा कांग्रेसले भागमा ४ मन्त्री र २ राज्यमन्त्री पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुहारमा चौलानी लगाउनु हुन्छ, यस्ता छन् नोक्सानी
-
लुम्बिनी सेरामिक्स लिमिटेडले आईपीओ जारी गर्ने
-
अमिताभकी नातिनी फेरि पुगिन् अदालत
-
बेलायती राजकुमार पनि आइपुगे नेपाल, तस्बिरहरू
-
सहारा सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता
-
प्रहरीका उच्च अधिकारीको नाम र दर्जा दुरुपयोग गरेर ठगी गर्नेहरू फन्दामा