आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

सप्तकोसीमा पानीको बहाव खतराउन्मुख

आइतबार, २३ असार २०८१, १४ : २६
आइतबार, २३ असार २०८१

विराटनगर । सप्तकोसीमा पानीको बहावले खतराको तह छुन लागेको छ । आइतबार दिउँसो १ बजेको मापन अनुसार उक्त नदीको बहाव कोशी ब्यारेजमा ३ लाख ८६ हजार ७३५ क्युसेक पुगेको छ । ब्यारेजको क्षमता ४ लाख क्युसेक पानीको बहाव थाम्न सक्छ । त्यसभन्दा माथिल्लो तहमा पानीको सतह पुगेमा खतरा मानिने गरेको छ । 

बिहान ९ बजेको मापनअनुसार ३ लाख ६८ हजार क्युसेक पानी रहेको भए पनि ११ बजे उक्त बहाव बढेर ३ लाख ७५ हजार ९३० पुगेको थियो । पानीको बहाव बढेसँगै ब्यारेजका ५६ वटै ढोका खुलेका छन् । बिहान ७ बजेको मापन अनुसार पानीको बहाव ३ लाख ४२ हजार क्युसेक थियो । ८ बजे बढेर ३ लाख ४९ हजार क्युसेक पुगेको थियो । 

सुनसरीका प्रहरी प्रवक्ता नवीन कृष्ण भण्डारीका अनुसार पानीको बहाव बढेसँगै सप्तकोसी आसपासको क्षेत्रमा निगरानी बढाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप