शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

नेपालगन्जमा ओमोडा इफाइभ गाडी सार्वजनिक

आइतबार, २३ असार २०८१, १४ : २४
आइतबार, २३ असार २०८१

काठमाडौँ । नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडले नेपालगञ्जको करकन्दोमा नयाँ आधिकारिक डिलरसिपको उद्घाटन समारोहसँगै ‘फ्युचरिस्टिक’ ओमोडा इफाइभ गाडीलाई स्थानीय बजारमा सार्वजनिक गरेको छ । 

मिडिया तथा अतिथि लगायत १०० भन्दा बढी सहभागीहरूको उपस्थितीमा नयाँ डिलरसिप उद्घाटन तथा सार्वजनिक गरिएको हो । यस कार्यक्रमको साथ ओमोडाले डिलर नेटवर्कको विस्तार गर्दै विभिन्न क्षेत्रका ग्राहकहरूलाई सहज सेवा प्रदान गर्ने उद्देश्यलाई निरन्तरता दिएको कम्पनीको भनाइ छ । 

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको प्रमुख अतिथ्य रहेको समारोहमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी (एसपिजिएच) का अध्यक्ष चिन्तामणि न्यौपाने, एस पिजि अटोमोबाइल्स र सिद्धार्थ टेक प्रा का सदस्यहरु विवेक कुमार श्रेष्ठ, एमडी, सिद्धार्थ टेक प्रा.लि केशव न्यौपाने, निर्देशक, सिद्धार्थ टेक प्रा. लि., ऋषि कँडेल, निर्देशक, सिद्धार्थ टेक प्रा. लिमिटेड  आशिष दाहाल, वरिष्ठ प्रबन्धक, एस पिजि अटोमोबाइल प्रा. लि  का बीच  Omoda E5 को औपचारिक रुपमा अनावरण गरिएको थियो ।

एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाका भने, “हामीले OMODA E5 को लागि उत्साहजनक र सकारात्मक बजार प्रतिक्रिया पाएका छौँ । हाम्रा ग्राहकलाई विद्युतीय सवारी साधन प्रविधिमा भएको पछिल्लो प्रगतिको आदानप्रदान गर्दै, नयाँ गाडीहरू प्रदर्शनी गर्ने तथा खरिदमा उचित फाइनान्सिङ गर्ने लगायतका एकै ठाउँमा प्राप्त गर्न सकिने सुविधा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धता हो । हामी नेपालगञ्जका हाम्रा ग्राहक र इभि प्रेमीहरूलाई हाम्रो नयाँ सोरुम भ्रमण गर्न र फ्युचरिस्टिक गाडीका अनेक फाइदाहरू अनुभव गर्न आमन्त्रित गर्दछौँ ।

नेपालगञ्जमा एसपिजि अटोमोबाइल्स प्रा.लि.को नयाँ आधिकारिक वितरक ‘सिद्धार्थ टेक प्राइभेट लिमिटेड’ यही जुलाई २०२४ देखि उद्घाटनसँगै सञ्चालनमा आएको हो ।  प्रि-बजेट मूल्य रू. ६१.९९ लाख सिङ्गल टोन, ६२.४९ लाख डुअल टोन भएको ओमोडा इफाइभ नेपालको अग्रणी इभि ब्रान्ड र मोडल भएको कम्पनीको दाबी ५ । जसले ४३० किमिको लामो रेन्ज, १८० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स र ९९ किलोवाटको मोटर पावर प्रदान गर्दछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप