१० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई दश दिनभित्र पूर्णता दिने जनाएको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले उक्त निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
‘प्रदेशका इन्चार्ज, सचिव र केन्द्रीय कमिटीमा रहेका केन्द्रीय सदस्यहरूसहितको परामर्शमा प्रदेश र जिल्ला क्लस्टर मिलाई आवश्यक व्यवस्था गर्न केन्द्रीय सदस्यहरूमा मनोनयन गर्ने आधार तयार गर्न जिम्मेवारी प्रदान गरिएको छ’, बैठकपछि खतिवडाले भने, ‘यो जिम्मेवारी अन्तर्गत केही दिनभित्र उहाँहरूले आफ्नो काम सम्पन्न गर्नुहुनेछ । अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई नै रहनेछ ।’ त्यस्तै उनले दश दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिइने बताए ।
नेकपा एकीकृत समाजवादीको शुक्रवार सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष, महासचिव र सम्मानित नेतासहित ९३ सदस्यीय केन्द्रीय कमिटी बनाए पनि बाँकी २०६ जना केन्द्रीय सदस्य तोक्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्यनिरुपण र बेपत्ता छानविन आयोगका पदाधिकारी सिफारिस समितिले थाल्यो काम
-
ला लिगामा बार्सिलोनाको शानदार जित, रियालसँग फेरि बढायो अंक दुरी
-
आईपीएल क्रिकेट: राजस्थानले खोल्यो जितको खाता, ६ रनले हार्यो चेन्नई
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न ४१ जनाविरुद्ध पाँच दिन म्याद थपदेखि पार्टीको जिम्मेवारीमा फर्किए रविसम्म
-
असन चोकमा तीन अजिमाको खट जुधाइयो (तस्बिरहरु)
-
तीनकुने घटना र पत्रकारको मृत्युबारे सामाजिक सञ्जालमा भ्रामक सामग्री सम्प्रेषण नगर्न प्रहरीको आग्रह