शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

जोन सिनाद्वारा डब्लूडब्लूई रेस्लिङबाट संन्यासको घोषणा

आइतबार, २३ असार २०८१, १४ : ०५
आइतबार, २३ असार २०८१

टोरन्टो । अमेरिकी अभिनेता तथा रेस्लर जोन सिनाले वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्लूडब्लूई) बाट औपचारिक रूपमा संन्यासको घोषणा गरेका छन् । क्याडनाको टोरन्टोमा आयोजित ‘मनी इन द बैंक’ कार्यक्रमका दौरान सिनाले दर्शकसामु यस्तो घोषणा गरेका हुन् ।

सिनाले सन् २०२५ मा आफूले अन्तिम प्रतियोगितामा भाग लिने जानकारी दिए । ४७ वर्षीय रेस्लर सन् २००१ मा डब्लूडब्लूईमा आबद्ध भएका थिए ।  उनी इतिहासकै सबैभन्दा लोकप्रिय रेस्लरमध्ये एक हुन् । उनले १६ पटक डब्लूडब्लूईको वर्ल्ड च्याम्पियनसिप जितेका छन् ।

सिनाले सन् २०२५ मा आयोजना हुने रेसलमेनिया उनको अन्तिम प्रतियोगिता हुन सक्ने सङ्केत गरेका छन् । उनको घोषणापछि टोरन्टोका दर्शकले ‘धन्यवाद सिना’ भन्दै नारा लगाएका थिए ।

डब्लूडब्लूईबाहेक सिनाले हलिउडका चलचित्रहरू पनि खेलेका छन् । सन् २००६ मा द मरिनमार्फत उनले अभिनयमा डेब्यू गरेका थिए । त्यसपछि उनले ट्रेनरेक (२०१५), द सुसाइड स्क्वाड (२०२१), फास्ट एन्ड फ्युरियस ९ (२०२१) का साथै डीसी सुपरहिरो टिभी सिरिज पिस मेकरमा काम गरेका छन् । 

चलचित्रमा अभिनय गर्न थालेपछि उनले सन् २०१८ यता डब्लूडब्लूईमा पार्ट टाइम मात्र काम गर्दै आइरहेका थिए । –द गार्जियन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप