शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

किसान र जाल्पा लघुवित्तले असार २७ देखि एकीकृत कारोबार सुरु गर्ने

आइतबार, २३ असार २०८१, १३ : ५८
आइतबार, २३ असार २०८१

काठमाडौँ । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था आपसमा गाभिने भएका छन् । यी दुई लघुवित्त संस्था आपसमा गाभिएर मातृ भूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा कारोबार गर्ने भएका हुन् ।

दुई लघुवित्त वित्तीय संस्थाको मर्जरका लागि आएको प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको हो । यससँगै असार २७ गतेदेखि संयुक्त कारोबार गर्ने गरी नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको जानकारी दिएको छ ।

यी दुई संस्था बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने (भर्जर) तथा प्राप्ती (एक्विजिशन) सम्बन्धी विनयिमावली, २०७३ (पाँचौं संशोधन, २०७९) को विनियम ११ को उप–विनियम (७) बमोजिम जानकारी गराएको केन्द्रीय बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप