शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ नेपाल आइडल विजेता करणको गीत ‘मैले सम्झिने मान्छे’

आइतबार, २३ असार २०८१

काठमाडौँ । ‘नेपाल आइडल सिजन ५’ का विजेता करण परियारको गीत ‘मैले सम्झिने मान्छे’ सार्वजनिक भएको छ । आइडल विजेता भएपछि करणको सार्वजनिक भएको यो दोस्रो गीत हो । करणलाई गायिकाको रुपमा अस्मिता अधिकारीले साथ दिएकी छन् ।

‘मैले सम्झिने मान्छे’ बोलको गीतलाई डा. विष्णु दाहालले लेखेका हुन् भने अर्जुन पोखरेलको संगीत रहेको छ । गीतमा महाराज थापाको एरेन्ज छ ।

गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । मोडल सनिशा भट्टराई र शीतल वाग्लेको अभिनय रहेको भिडियोमा दुवैको प्रेमकथा देख्न सकिन्छ ।

भिडियामा मानकृष्ण महर्जन र पवन सुश्लिङको छायांकन र विकाश धमलाको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया