शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

गाजाको विद्यालयमा इजरायली हवाई हमलामा कम्तिमा १६ जनाको मृत्यु

आइतबार, २३ असार २०८१, १३ : १५
आइतबार, २३ असार २०८१

रफाह । गाजा पट्टीमा रहेको एक विद्यालयमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तिमा १६ जनाको मृत्यु भएको छ । अरु दर्जनौं घाइते भएको प्यालेष्टिनी अधिकारीहरूले बताएका छन् । 

विद्यालय रहेको सो भवनमा मध्य गाजास्थित शरणार्थी शिविरबाट विस्थापित भएका हजारौं मानिसले शरण लिइरहेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ । अल–जाओउनी विद्यालय आसपासको क्षेत्रमा आफूहरूले कयौं संरचना ध्वस्त पारेको इजरायल डिफेनस फोर्सले भनेको छ । 

सो विद्यालयमा ७ हजार जना बसिरहेको अनुमान गरिएको छ । नुसेरात शरणार्थी शिविरमा एउटा घरमा भएको छुट्टै हमलामा अरु १० जनाको मरेको बताइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप