शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

१४ वर्षसम्म सत्तामा बसेर प्रधानमन्त्रीको कार्यालय छाड्दा साइकल चढेर निस्किए यी नेता

आइतबार, २३ असार २०८१, १३ : १२
आइतबार, २३ असार २०८१

आम्सटड्र्याम । नेदरल्यान्डका निवर्तमान प्रधानमनत्री मार्क रुटको एउटा भिडियो सामाजिक सञ्जालमा यतिबेला निकै भाइरल भइरहेको छ । हेगस्थिति प्रधानमन्त्री कार्यालयबाट उनले अनौठो ढंगले बिदा लिए । 
१४ वर्ष कुर्सीमा बसेको रुटले गएको मंगलबार पूर्व गुप्तचर प्रमुख डिक शूफको हातमा सत्ता सुम्पिए । शूपले राजा विलेम–अलेक्जेन्डरको अध्यक्षतामा आयोजित एक समारोहमा प्रधानमन्त्रीको शपथ लिएका थिए ।

शपथ ग्रहण कार्यक्रम सकिएपछि रुटले शूफसँग बिदाईको लागि हात मिलाए । अनि कोटको खल्तीबाट साइकलको साँचो झिकेर साइकलको ताल्चा खोले अनि शूफलाई बाई भन्दै कोटको बटन खोलेर साइकल चलाएर निस्किए । शूफ गठबन्धन सरकारमा संलग्न चार दलमध्ये कसैसँग पनि आबद्ध छैनन् । गएको वर्ष नोभेम्बरमा दक्षिणपन्थी नेता गीर्ट वाइल्डर्सले चुनावमा जित हात पारेका थिए ।

गठबन्धन वार्तालाई अगाडि बढाउन उनले आफूलाई प्रधानमन्त्रीको कुर्सीबाट अलग राखेका थिए । गठबन्धन दलका कुनै पनि नेता प्रधानमन्त्री नबन्न्ने सहमति भएको थियो । यस्तोमा गठबन्धन दलहरूको अनुरोधमा रुटले आफ्नो कार्यकाल सकिएर पनि महिनौं सरकार सम्हालिरहेका थिए । गठबन्धनका कुनै पनि दलसँग आबद्ध नरहेको शूफलाई प्रधानमन्त्री बनाइएपछि रुटको जिम्मेवारी सकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप